Posted by: SSK May 21, 2020
स्यालको सिङ्ग
Login in to Rate this Post:     0       ?        
तोरी काठा रामप्रसाद बाहुन, तिमिले मेरो "गैडाको खाग " लाई काउन्टर दिएर "स्यालको सिङ्ग " लेखेका रैछौ, बल्ल आज देख्दै छु अनि लास्टआ "कृपया कार्कीहरुले कष्ट नगर्नु होला :) हाहा आज कताबाट तिम्रो यो लेख पढ्न पाए हासो उठ्यो।

गुरु, 6- 7 पर्दा खेरि नेपालीका मास्टर थिए मेरा, नाम तिम्रो संग हु बहु मेल खाने "राम प्रसाद न्यौपाने ", हामी फुच्चेहरु लाई नाम सुन्दै हास उठ्ने "राम प्रसाद" , मान्छे २ भित्ताका थिए आफ्नै नाक बराबरका, ज्यादै हासिल, मिलेका तर हल्का बाहिर निस्केका दातका पन्गती, हास्दाखेरि अगाडीका सबै दात बाहिर निस्किने, संस्कृत र नेपालीका प्रखर। अरु कोई मास्टर संग चुइक्क बोल्न नसक्ने हामी यी गुरुलाई चै खुब उडायौ। यिनको कलास सधै बसौ बसौ हुन्थियो , 7 कलास पास भए पछि यिनी संग बिछोड भयो । यिनी करारमा थिए पछि कता गए था भएन , बाल्यकालका सम्झना लायक मास्टर मध्ये थिए यि। यिनको लेख आज हेर्दा कतै यिनी त हैन तेइ "रामप्रसाद" भन्ने हल्का मनमा लाग्यो?

-प्रस्न " गुरु तिम्ले कतै कुनैबेला काठमाडौँको सरकारी स्कुलमा नेपाली पढ़ाका थियोउ ? " तिम्रो गतिबिधि ऐले साझामा देखिन्न तर कतै कुनै बेला झुक्केर पढ़ेउ भने जवाफ दिनु, उत्तरको आसमा हुने छु -
Read Full Discussion Thread for this article