Posted by: AnandNepal May 18, 2020
झुक्याएछन बज्जेहर्ले, चुच्चेलाइ बुच्चे पढाएर
Login in to Rate this Post:     1       ?         Liked by
स्कुल पढ्दा कितावमा नक्सै गलत छाप्या रहेछन ..
केपि ओलिले पत्ता लगाएर नयाँ नक्सा जारि गरे .. चुच्चे .. बाउन मार्का नक्सा !

मैले छ महिना अघि पनि भिडियो बनाएको थिएँ - यस्तो चुच्चे नक्सा बन्दैछ भनेर

अहिलेको भिडियो
https://www.youtube.com/watch?v=_rpS8XjBr2M

६ महिना अघिको भिडियो
https://www.youtube.com/watch?v=gBlQEwJNJmM

अनि यो पनि हेरौं
https://youtu.be/yPyganh8QOs

लिपुलेख, लिम्पियाधुरा र कालापानी सामेल गरेर नेपालमा नयाँ नक्सा सार्वजनिक गरेपछि भारतमा हंगामा - भारतको सरकार कुटनितिमा चुकेको आरोप - अब महिनौं देखि वार्ताको प्रस्ताव बेवास्ता गरेको भारतको सरकारलाइ बार्तामा आउन चुनौति

नेपाल सरकारले भारतले अतिक्रमण गरेको सो नेपाली भूमि फिर्ता ल्याउने घोषणा गरे पनि अहिले नक्सामा मात्रै सो भुभाग नेपालमा समेटिएको हो। वास्तविक भुमिमा भने भारतिय सैनिक नै तैनाथ छन। नेपालि सैनिकले सो भुमि नेपाल मातहतमा ल्याउनु एक अर्को चुनौति हुनेछ । यसको लागि नेपाल सरकारले कुटनितिक पहल गर्नु आबश्यक छ । कुटनिति सफल हुन नसकेमा सैनिक बल
प्रयोग गरेर भए पनि नेपालले आँफ्नो भुमि फिर्ता ल्याउनु पर्ने ब्यापक जनदवाव रहेको छ । त्यसको लागि नेपाल सरकारले कस्तो कदम उठाउँछ भन्ने चाखलाग्दो बिषय बनेको छ ।

नेपाल सरकारले दुरगामि असर गर्ने एक महत्वपुर्ण फैसला गरेको छ - लिपुलेख, लिम्पियाधुरा र कालापानी लाइ सामेल गरेर नेपालको नेयाँ नक्सा सार्वजनिक गर्ने। सरकारले आधिकारिक रुपमा नक्सा सार्वजनिक नगर्दासम्म चलनचल्तीमा नै रहेको नक्सा प्रयोग हुने अनि, नयाँ नक्सा जारी भए पछि नेपालको संविधानमा रहेकोमा निशान छापदेखि सरकारी कार्यालय र अन्य प्रयोजनका लागि प्रयोग हुँदै आइरहेको नक्सा पनि परिमार्जित गरिने बताइएको छ।

संसदमा राष्ट्रपतिद्वारा जेठ २ गते प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा पनि राष्ट्रपति विद्यादेवी भण्डारीले लिम्पियाधुरा, कालापानी र लिपुलेकमा अतिक्रमित नेपाली भूमि फिर्ता ल्याउन पहल गरिने बताएकी थिइन्।

यो नक्सा यहि सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा भूमिसुधार मन्त्री पद्मा अर्यालले पेस गरेकि थिइन । अब नेपाल सरकारले सो नयाँ नक्सा संसदद्वारा स्वीकृत गराएर आधिकारिक बनाउने छ। त्यसपछि यसलाइ संविधान संशोधन गरेर सम्विधानको नक्सा, सरकारि निशान छाप आदि पनि संशोधन गर्नु पर्ने हुन्छ ।
Read Full Discussion Thread for this article