Posted by: AnandNepal May 17, 2020
Login in to Rate this Post:
1
?
Liked by
@harkhe7
यस्तो रे .. इतिहासको बारेमा लेख्दैछु
सीमा अतिक्रमणको सुरुवात भएको थियो राणा शासनको अन्त्य लगत्तै, सन १९५२ मा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा नै । त्यसबेला भारतको सहयोगमा नेपालले राणा शासनको अन्त्य गरेको थियो । त्यसको लागि राजा त्रिभुवन भारतको शरणमा गएका थिए। उनि भारतबाट फर्केर प्रजातन्त्र आएको घोषणा त गरे तर, त्यस संगै उनले राजदरवार भित्र नै भारतिय दुत राख्ने सहमति पनि गरेर फर्केका थिए । मन्त्रि परिषदमा भारतिय प्रतिनिधि नभै बैठक बस्न नपाउने। अरु त अरु, भारतको स्विकृति बेगर राजाले खेलकुदमा पुरस्कार जितेकालाइ पदक दिन पनि नपाउने प्राबधान राखेको थियो भारतले।
देशको राजदरवार, प्रशासन र कर्मचारि प्रशासनको साथ साथै नेपालमा सैनिक हस्तक्षेप पनि बढाएको थियो भारतले । त्यहि बेला नेपालले भारतलाइ कालापानी लगायत १८ वटा उत्तरी सिमानामा सैनिक पोस्ट राख्न स्विकृति दिएको थियो। सन १९५५ मा राजा त्रिभुवनको निधन भएपछि राजा महेन्द्रले शासन सत्ता सम्हाले। नेपालको राजनितिले भिन्दै मोड लिइरहेको थियो। राजा महेन्द्र चलाख र सक्षम भएको हुनाले भारतलाइ त्रिभुवनसंग डिल गरेको जस्तो सजिलो नहुने देखियो। त्यसपछि भारतले नेपालमा राजनितिक पार्टिहरुलाइ प्रयोग गरेर नेपाललाइ आँफ्नो इशारामा चलाउने निति लिएको बुझिन्छ । सन १९५९ मा भएको पहिलो आम निर्वाचनमा नेपालि कांग्रेसले बहुमत ल्याएर बिपि कोइरालाको नेतृत्वको सरकार गठन भएपछि भारतिय स्वार्थ, नेताहरुको स्वर्थ र राजदरवारको स्वार्थ बिच खाडल आएको देखिन्छ। यसै बिच राजा महेन्द्रले संसदको बिघठन गरेर शासन सत्ता आँफ्नै हातमा लिए सन १९६० को डिसेम्बर १५ मा । दलहरु बिचको खिचातानिले देशलाइ भलो नगर्ने भन्दै उनले निर्दलिय पन्चायति ब्यबस्थाको शुरुवात गरे। मन्त्रिपरिषदमा बेरोकटोक पहुँच पाएको भारतको लागि पनि यो कदमले असर गर्यो । नेपालले स्व-निर्णय गर्न पाउने भयो । तेस्तै, दरवारका भारतिय प्रतिनिधिलाइ पनि महेन्द्रले बिदा गरिदिए।
यसै बिच, सन् १९६२ मा भारत‑चीन बिच युद्ध भयो । अक्टुबर २० देखि २१ नोभेम्बरसम्म चलेको सो युद्धमा चिन बलियो ठहरियो र भारतको हार भयो । त्यसपछि भारतीय फौज कालापानी क्षेत्रमा एकतृत हुन थाल्यो । नेपालि उत्तरी सिमाना का भारतिय सैनिक पोष्टहरुले निरंतरता पाइरहेका थिए।
सन् १९६९ मा कीर्तिनिधि विष्ट प्रधानमन्त्री भएका बेलामा भारतीय सेनालाइ फर्काउने निर्णय गरियो। १७ ठाउँबाट भारतिय सेना फर्किए तर, कालापानी क्षेत्रबाट भने फर्केनन् ।
अहिले को भिडियो
नक्सा जारि गर्न चाँहि .. सरकारले आँट गरेन
https://youtu.be/tAaIMoZOim8