Posted by: logan May 6, 2020
" छ् गेडा" को न्वारान भएछ पछी
Login in to Rate this Post:     0       ?        
बिहान ब्रेक फास्टमा हलुवा बनाएर खाने निधो भए पछी अरु के के मिसाउने त भन्दा किसमिस, काजु अनी सङै पङ्ती बद्द बसेको छोगडामा आँखा लागे पछी छोगडा पनि हाल्ने हो भनी गृहलक्ष्मीलाई सोध्न पुग्छु | नेपथ्य बाट जबाफ आउछ हलुवामा पनि कसैले छगेडा हाल्छ त्यो त गाउ घर तिर हाल्लान् | आफु पारीयो सुद्द पर्बतको पर्बते, मुजी भातमारा हरुका बाउ तिनै पर्बात बाट झरेर कथामान्डौ छिरेर एसो मसी लताग्रिएको कागजात लाई दश थरी कुरा गरेर दु:ख दीइ दीइ टक्सार बनाए पछी अहिले खान्दानी हुँ भन्छन| हो पहिले पहिले धेरै गाई भैंसी पालेर घिउ खन्दान हरुमा राख्ने भएर खान्दानी कहलिएका होला | तेसो त उत्तरी हिमाल छेत्रमा बस्ने हरुले खन्दान होईन गाग्री हरु राख्ने चलन हुन्थ्यो अब इन्लाई गाग्रीमुखिया भन्नु पर्ला |
गृहलक्ष्मीले छोगडा भनेको छ्गेडा भन्ने सुनेछु अनी घर बसाइको क्रममा दोहोर्याएको भैरब अर्याल्को आ ले न् भनाइ आले हुँदै मिठासिलो नामाकरण आलु हुन गएको रे ? मैले सुनेको छगेडा मा साच्चै नै गेडा छ | त्यो पनि फलाम भन्दा कडा छ | कुनै आमाले छोरा छोरीलाई खान्छस भनी सोद्धा "गेडा छ" भन्दा आमाले जाबाफ मा" छ् गेडा" भनी जाबफ दिएको हुनु पर्छ |
आमाले के भनिन ? " छ् गेडा" , अनी उस्ले पनि छ गेडा भएको खादीन भन्यो होला ? पछी जिस्क्याउदै "छ गेडा " खान्छन भनी सोध्न थालेहोला ?| कालन्तरमा छगेडा अप्भ्रम्श हुँदै नयाँ न्वारान स्वरुप "छोगडा" हुन पुग्यो होला |
यही साझामा पढेको थिए धेरै श्रीमती र दासिसँग सुत्दा लिङ ले सिंहनाद गह्रोस र रतिकृयामा तृप्‍ति दिवोस भनी राझा महाराजआलाई बोकाको गुला ख्वाउने थाले छन | हरेक दिन मासु पसलेका मा बोकाको गुला दे भन्नु भएन तेसैले राजाले खाने त्यो दे भनेछ अनी "राजाले खाने" को न्वारान राजखानी भएको रे ? सुन्दा तर्क संगत नै देखिन्छ |
नेपाली ब्यङकार हरुमा भैरब अर्याललाई सबै भन्दा पहिले पढनु पाएको र पढेको हुनाले होला सबै भन्दा धेरै मन पर्छ भने अहिले खासै नयाँ ब्यग्यकारका ब्यङ पढन पाईेको छैन तेसैले तुलना गर्ने बाटो पनि छैन |

Last edited: 06-May-20 01:23 PM
Read Full Discussion Thread for this article