Posted by: SSK May 4, 2020
के भनौ भनौ भो
Login in to Rate this Post:     0       ?        
कहाँ बाट आयोउ, कहाँ जान लाई?
म छेकौ कि बाटो, भयो है मलाई

तिमि आज एक्लै, कता होउ झरेकी
तिमि एस्तो घडा होउ, सुधा ले भरेकी

चलेको छ हावा, यहाँ मन्द मन्द
भनौ त्यो हिरा होउ, तर खै सुगन्ध ?

भनौ तिमि आप्सरा होउ, तिमि हैनौ त्यो
कहाँ के गरि खै,धरामा  झरेउ यो

छ बोलि सदा, छ कोइलि झैँ चाला
भनौ कोइलि, नै रिसाएर जाला

अहो फरफरी त्यो, फिजाएर केश
कता सम्म होला, सजाएर भेस ?

मलाई त आजै, कि बोलम, कि चीनम झैँ
बढ्यो खुल्दुली, कि "नाम के हो ?" सोधुम झैँ

भनौ कृष्णलिला, कि बासुरी होउ
बढ्यो छटपटी झन्, कि आधि हुरी होउ?

हिडेको कहाँ हो, बासना छरेर?
तिमि ढुक्क होउ, हैन लाने हरेर

भनौ चन्द्रमा होउ, त्यहाँ देख्छु दाग
भनौ सुर्य, त्यो भत्भति पोल्छ आग

भनौ फूल, मौरी, त्यहाँ बस्छ आइ
भनौ के, भनौ के, भनौ भो मलाई
भनौ के, भनौ के, भनौ भो मलाई
-गुरु बलराम
Last edited: 04-May-20 01:46 PM
Read Full Discussion Thread for this article