Posted by: SSK April 29, 2020
हाकिमनी संग- आज सुक्रबार -३
Login in to Rate this Post:     0       ?        
ग्वाच जी तपाई ले खाट्टीकुरो गर्नु भयो, तपाई कुन कुन पूर्वको हो ? सुदुर पूर्व, मध्ये पूर्व कि १ नम्बर चरिकोट ? धरान धनकुटा तिरको कालो सुँगुर खाने पुर्बेली हुनुहुन्छ भनी कन्नो को खतरा अर्थ राक्छ /

५१ जिल्ला घुमे, यो जाठो कन्नोको ठाउँ अनुसार फरक फरक ब्याख्या, मैले बुजेको/सुनेको कन्नो को अर्थ पछाडी को चाक ( हिप हो ), काठे ( काठमाडौँ ओरपर ) काले तपाई ले भने अनुसार नै अगाडीको प्वाल लाई कन्नो भन्ने
रैछन /

१० किलास सम्म भक्तपुरमा पढेको, सागा, धुलिखेल, लुभु, आदि ठाउँका काठा साथी हरु थुप्रो थिए / यी मुला काठाहरु न पक्का सहरिया न गाउले, यता न उताका / मुलाहरु गाली पिछे कन्नो सब्द प्रयोग गर्ने, मलाई यो सब्द सुन्दा कस्तो अफ्ठयारो लाग्ने, यो सब्द हामी प्रयोग नै गर्दैनौ घरतिर, गरे नै कैले कहिँ बुढी आइमाईले प्रेयोग गर्ने, प्रयोग गर्दा नि "कन्नो" हैन "कनड़ो" भनेको सुनी रा, यो मुला काठेहरु केटाले नि यो सब्द मज्जाले प्रयोग गर्ने , मलाई नि धेरै ले कन्नो सब्द प्रयोग गरेर गाली गरे / म त पछाडी को चाक होला भनेर केहि reaction गर्थिन धेरै पछि पो था पाए, यो काठमा त कन्नो भनेको योनि रैछ / तेस्पछि मलाई कन्नो भन्ने हरुलाई "मुजी भक्तपुरे काठे " भनेर गाली गर्न थाले /

सुदुर पश्चिम तिर कन्नोको परिभासा अर्कै रैछ फेरी / जागिरको सिलसिलामा सुदुर पश्चिम थिए, बैतडी, दार्चुला तिर कतै हुनु पर्छ/ बाढी पहिरो आयो, rescue मा खटिनु पर्ने भयो / एउटा आमा लाई rescure गरेर जिल्ला अस्पताल लानु पर्ने भयो, म र अरु २ जना केटा थिए / २ भाई ले पालै पिलो आमा लाई बोके म आमाको समान बोकेर पछि पछि, मोटर बाटो थिएन / आफ्नै सुरमा थाकेको गोरु जस्तै हिडी रा थिम, आमा ले मलाई " कन्नो चिलायो एकचोटी कन्नो कन्यायिदेउ न बाबु" भन्नु भयो, म puzz भए / अल्लारे म, कुनै तरुनीले भनेको भए उनको बचन भुइँमा खस्न नपाउदै आज्ञा पालन गरि हाल्थे / यहाँ त आमा उमेरकी चाउरी बुडी छिन, म एकछिन अक्क न बक्क भए, मनमनै " छोरा समान केटा लाई के भनेको मर्न नसकेकी बुडी भने " / भनेको मान्ने पर्यो, छोरै सम्जेर भनेकी होलिन भनेर उनको कन्नो ( मैले बजेको हिप ) कनाउन हात अगि सारे/ मेरो हात उनको कन्नोमा गको देखेर अर्को भाई ले मलाई intercept गर्यो अनि बुडी को ढाड कन्याई दियो / बुडी आमा ले " अलि माथि, अलि बेस्सरी " भनेर भाई लाई कहाँ कन्याउने हो guide गरिन / बुढीले त ढाड लाई कन्नो भनेकी रैछन, मैले त झन्डै चाक कन्याई देको / चाक कन्याको भए बुडी ले मर्थिन होला / काम सकेर काठमाडौँ गए पछि केटाहरु लाई यो कुरा भनेको मुर्दा हरु पेट मिची मिची हासे / ठाउँ अनुसार "कन्नो" भन्ने सब्दको फरक अर्थ लाग्ने रैछ /
Read Full Discussion Thread for this article