Posted by: AnandNepal April 27, 2020
नेपालीले पायो भने गर्छ - अंग्रेजी गित गाएर बिश्वप्रसिद्ध गायकलाई नै रुवादियो त!
Login in to Rate this Post:     0       ?        
गायन रियालिटी शो अमेरिकन आइडलको आइतवार भएको टप २० कार्यक्रम लगत्तै अनलाइन् भोटिंग शुरु भएको छ । यसको लागि एक जना ब्यक्तिले ३ फरक फरक तरिकाले ३० पटकसम्म भोट गर्न पाउने ब्यबस्था गरिएको छ। मोबाइल एसएाएस पठाएर १० चोटि, अमेरिकन आइडलको मोबाइल एपमार्फत १० चोटि तथा अमेरिकन आइडलको वेबसाइटमार्फत १० चोटि गरेर एक जनाले ३० चोटि सम्म भोट गर्न पाइने हो। भोट माग्दै दिवेशले यस्तो अनुरोध गरेका छन।

अमेरिकन आइडल विश्वकै ठूलो मानिएको गायन रियालिटी शो हो । यसमा नेपालमै हुर्के बढेका दिवेश पोखरेलले यति सफल हुनु आँफिमा अद्वितिय हो। उनलाइ सघाउन खुला भएको भोटिंग् यहि अप्रिल २९ तारिखसम्म मात्रै खुल्ला रहनेछ । तेसैले अमेरिका बस्ने सबैलाइ भोट गर्न शुरु गर्नुहुन अनुरोध छ । वेव साइट र एप मार्फत भोट गर्न अमेरिका बाहिरकाले नमिल्ने बनाइएको छ । बाहिरकाले भोट गर्ने कुनै उपाय छ भने कमेन्टमा भनिदिनुहोला ।

https://youtu.be/WqqY_9J80jg

Voting Links: https://idolvote.abc.com
Read Full Discussion Thread for this article