Posted by: AnandNepal April 25, 2020
कसरी सक्ने होला? ४२ स्वास्नी अनि थप प्रेमिकाहरु
Login in to Rate this Post:     0       ?        
यो बिषय चाख लाग्दो रहेछ

भारतमा राज गरिरहेको ब्रिटिस राज रानि जिन्द कौरको खोजि गरिर्हएको थियो । तर जिन्द कौर भने ८०० किमि उत्तर तिरको दुरि पार गरेर काठमाण्डौं पुगेर एक दासिको भेष लिएर बसिरहेकि थिइन । यो अनौठो ऐतिहासिक तथ्य थ्यो जंग बहादुर को समयको ।

सन १८१४ मा नेपाल अंग्रेज युद्ध भयो सिमा बिवाद भयो अनि अन्तत दुबै पक्षको धेरै क्षति पछि १८१५ को अन्त्यमा सुगौलि सन्धि भयो। नेपालले पुर्व र पश्चिमको धेरै भुभाग गुमायो। यो युद्धको दुइ दशक पछि नेपालले त्यसबेला स्वतन्त्र रहेको पन्जाव राज्यसंग गोप्य कार्यगत एकता गरेको थियो अंग्रेज शासकहरु बिरुद्ध । तेस्तै राजा राजेन्द्र र प्रधानमन्त्रि भिमसेन थापाले जेनरल पुस्कर शाहलाइ चिन पठाएका थिए, चिनिया सहयोगको लागि। तर चिनले १७९२मा आँफ्नै बिरुद्ध युद्ध गर्ने नेपाल संग मिल्न त्यति सहज मानेन ।चिनको लागि नेपाल शक्तिशालि हुनु भन्दा नहुनुमा नै फाइदा थियो। चिनले साथ नदिएपनि नेपाल र पन्जाव मिलेर ब्रिटिस राज बिरुद्ध सैनिक कारवाहि गर्न तयार हुंदै थिए ।

तर, त्यसै बेला पन्जावका राजा रंजित सिंह १८३९मा रहस्यमय तरिकाले अचानक बिते। त्यसपछि शिख राज्य पहिला जस्तो एक ढिक्का रहेन, दरवारि भाइ भारदार बिचको शक्तिसंघर्ष चर्कियो। रंजित सिंहका जेठा छोरालाइ राजा बनेको केहि समयमा नै बिष ख्वाएर मारियो। उनका नातिलाइ पनि राजा बनेको केहिमहिनामा नै हत्या गरियो। उनकि बुहारि केहि महिना महारानि बनेर शासन चलाउन नपाउँदै रंजित सिंहका अर्का छोरा राजा बने। त्यसपछि ति राजाको पनि हत्या गरियो। त्यस पछि सन १८४३ मा दिवंगत राजाकि कान्छि रानिका १० बर्षका छोरा दुलिप सिंह राजा बने र महारानि जिन्द कौर नवालग राजाको राज्य सहायक नियुक्त भइन।

जिन्द कौर सुन्दरताको मामलामा अद्वितिय थिइन। त्यसको साथ साथै अति नै आँटिलि र सहासि थिइन। अंग्रेजहरु उनिसंग अति नै डराएका थिए। तेसैले उनको नाम नै "पंजावकि मेसलिना" भनेर राखेका थिए। मेसलिना रोमन वादशाह क्वाउडिसकि तेस्री रानि थिइन जो, यौनलाइ हतियार बनाउन र हत्या आतंकफैलाउन मशहुर थिइन। अंग्रेज हरुले सिख साम्राज्यमा राजनितिक खेल खेल्नमा जिन्द कौरकै ठुलो हात रहेको ठान्दै उनलाइ नियन्त्रण गर्ने र शिक साम्राज्य हत्याउने प्रयास गरिरहे।

.... अरु भिडियोमा नै

https://youtu.be/TgZSpfKH1n0
Read Full Discussion Thread for this article