Posted by: AnandNepal April 23, 2020
कसरी सक्ने होला? ४२ स्वास्नी अनि थप प्रेमिकाहरु
Login in to Rate this Post:     0       ?        
पुरुषोत्तमशमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’मा पञ्जाव केशरी राजा रणजित सिंहकी कान्छि रानी जिन्द कौरको नाम नै गल्ति लेखिएको रहेछ । 

 उक्त पुस्तकमा लेखिएको नाम “चाँद कुँवर (चाँद कौर)” खासमा राजा रणजित सिंहका जेठा छोरा खरक सिंहकि पत्नि थिइन। खरक सिंहको निधन पछि चाँद कौरका छोरा नौ निहाल सिंह राजा बनेका थिए। छोराको पनि अकालमा नै निधन भएपछि चाँद कौर महारानि भएर छोटो समय राज्य सम्हालेकि थिइन। तर, पछि कौरले उनका देवर शेर सिंहलाइ राजा बनाएकि थिइन। तिनै देवर, शेर सिंहले चाँद कौरकि सुसारे द्वारा हत्या गराइदिएका थिए। तेसैले जिन्द कौरका छोरा दुलिप सिंह राजा बन्नु भन्दा अगावै चाँद कौर मारिइसकेकि थिइन । 

तेसैले, पुरुषोत्तमशमशेरको पुस्तकमा चाँद कौर भनिए पनि चाँद कौर नभएर राजा रणजित सिंहकि कान्छि पत्नि  जिन्द कौर को बारेमा चर्चा गरिएको छ। 
नाम नै गल्ति गरिएको हुनाले सो पुस्तकका घटनाक्रम बिवरण पनि पुर्ण सत्य नहुन सक्छ । 

 पुरुषोत्तमशमशेर जिन्दै कौर अमलेखगञ्जमा शरणार्थीस्वरूप आइपुगिन भनिएको छ । तर, मैले पढेको अर्को सन्धर्व सामाग्रिमा उनि काठमाण्डौं नै पुगेको बताइएको छ । उनि काठमाण्डौंमा लुकेर बसेर अंग्रेज बिरुद्धको अभियानमा लागेको भनिएको थियो । 

कुन ठिक हो कुन बेठिक हो भन्नेमा कन्फ्युजन भो ! 
Last edited: 23-Apr-20 07:35 AM
Read Full Discussion Thread for this article