Posted by: SSK April 22, 2020
दाई तेलमा चिप्लिनु भयो
Login in to Rate this Post:     2       ?         Liked by
हिजो भाउजुले messenger मा फोन गर्नु भयो / सधै गरि राख्नु हुन्थियो हिजोनि गर्नु भयो / काममा ब्येस्त थिए उठाईन / वहाको अचम्मको बानी छ, बेला न कुबेला फोन गरि हाल्ने, वहा लाई type गर्न मन लाग्दैन रे / ३ चोटी फोन गर्नु भयो उठाईन , message गरे " im in meeting ill cal u at 3" . वहा ले ३:०२ मा फेरी कल गर्नु भयो, हेल्लो भाउजु भने, वहाले हेल्लो नभनी सिधै " दाई ले त डुबायो " भनेर सुरु गर्नु भयो " म एस्तो मान्छे संग संगै बस्न सक्दिन " भन्नु भयो रुदै / सोचे तेती सोजो मान्छे रक्सि नि खादैन, सायीलि माइली संग नि लागेको था छैन के चै गर्यो बुडोले?

म अलि आतिएर के भो भाउजु भनेर सोधे, भाउजुले विस्तार लाउनु भयो , बुडोले हिजो जुवामा झन्डै घरबार डुबाको रैछ / ३ वर्ष देखि stock र crypto मा लगानी गरेको रैछ / crypto मा राम्रै पैसा उडाको रैछ / फेरी यो stock मा त टोटल लस नहुनु पर्ने, भोलि पर्सि या १० वर्ष पछि bounce back भै हाल्छ नि भाउजु ले नबुज्नु भाको होला भनेर सोधे / के खार हुनु बुडो खतरा खेलाडी, Option trading गरि रारैछ / option trading जुवा जस्तै रैछ ( मेरो बुजाई) झ्याप्पै आउने अनि तेसरी नै जाने / stock को सामान्य जानकारी मात्र राख्ने म वहाले मलाई option trading बुझाउन खोज्दा दिमाख blackout भयो, १४ वर्ष पैले java सुरु गर्दा येस्तै blackout भा थियो दिमाग / वहा को option trading को परिभासा नबुजेर investopdia मा परिभासा हेरे, खै के हो अझै बुझेको छैन /

मेरो बुझाईमा तेलको मुल्यमा अत्यधिक गिरावट आको बेला तेस्को फाइदा उठाउन वहाले २ ४ ओटा क्रेडिट कार्ड र आफु संग भयको $$$ तेलमा लगानी गर्नु भयो, दुर्भाग्य मुल्य negative (-) मा गयो जुन वहाले सोच्नु भा थिएन/ पैसा चट, option मा bounce back नहुने रैछ कित हिरो कित जिरो, वहा जिरो हुनु भयो/ क्रेडिट कार्डको cash advance को APR यहाँ हरु लाई थाहा छदै छ / वहाको परिवारको ५ वर्ष को net savings वहा ले अस्ति राती ५० minute मा गुमाउनु भयो / दाई तेलमा चिप्लिनु भयो /

सबै भन्दा दुखको कुरा वहा ले भाउजु संग सल्लाह नगरी कारोबार गर्नु हुदो रैछ / यो खबर सुन्दा भाउजु झन्डै बित्नु भाको कुरा भाउजुले मलाई सुनाउनु भयो / भाउजु ज्यादै चोथाले तर मेहेनती / कौडी कौडी जम्मा गरेर वहाहरु ऐलेको स्थिति सम्म आउनु भाको हो / नेपालमा हुदा १० रुपया जोगाऊन ५ किमि हिडेको कुरा वहाले नै सुनाउनु हुन्थियो / बास्तवमा साधारण मान्छे लाई पैसा जोगाऊन ज्यादै गारो छ, कौडी कौडी बचाउनु पर्छ / येसोरी बाचाको पैसा कसैले १ घण्टा मा उडाउदा कस्तो भयो होला अनुमान गर्न गारो पर्दैन / यो कुरा वहा ले आफ्नो घरमा भन्ने बाताबरण छैन, मलाई भन्नु भयो, मैले गर्न सक्ने केहि हैन, ३ महिना को mortgage covid ले गर्दा defer भयो, तेस्पछि जरुरत पर्यो भने बाकी तिन महिना को mortgage म तिर्न सहयोग गर्छु भने /

दाई ज्यादै भद्र, सरल र सिक्छित / वहाको अर्ति बाट मैलेनि अलिकति option trade गर्न जमर्को गरेको , पहिलो गास नै अमिलो भयो / trade गर्न राखेको पैसा ले अब वहा को mortgage तिर्नु पर्ने आवस्था आउन सक्छ/ भाउजु रात दिन रुनु हुन्छ, झगडा गर्नु हुन्छ, बेला न कुबेला फोन गरेर दुख पोख्नु हुन्छ/मलाई धोका भयो भन्नु हुन्छ, मलाई एसले येत्रो वर्ष देखि गुमराहमा राख्यो भन्नु हुन्छ/ मेरो पछाडी अरु के के पो गरेको छ, भोलि के के देख्नु पर्ने हो भन्नु हुन्छ / हुन पनि हो, मुला चाउरे दाई, कति लोभ तपाईमा? सबै ठिकै थियो त,loan मै भए नि घर, गाडी, परिवार सबै थियो, अब मुला यो नया tension / तपाई मुला त खुला हृदयको मान्छे तेती फरक नपर्ला, भाउजु बिचरा १० रुपिया बचाउन ५ किमि हिड्ने मान्छे वहा लाई कस्तो भयो होला/ १२० $ कमाउन वहाले सनिबार पनि कति दिन काम गर्नु हुन्थियो बिर्सनु भयो ? दाई तपाईको सोचाई ठिक थियो होला, तर योजना सहि भएन / तपाईको अपराध चै के भयो भने येत्रो निर्णय लिदा तपाई ले परिवार लाई सोध्नु भएन / वहा को history हेर्दा crypto मा नि नराम्रै ताल ले पैसा फसाउनु भा रैछ / दाईलाई घाटै घाटा, आर्थिक रुपमा कम्तिमा १० वर्ष पछाडी धकेलिनु भयो, भाउजुले वहा लाई छोड्ने सम्भावना बढी भयो, मेरो मनमा पाप छैन तर म भाउजु को नजिकको मान्छे , good looking पनि, भाउजु म प्रति नै आकर्सित हुने सम्भंवाना तिब्र भयो / भाउजुले तपाई को पछाडी छुरा हान्नु भयो भने नतार्सिनु होला, यो सिप तपाईले सीकाको हो दाई / जो अगुव वुही बाटो हगुवा भए पछि घर बिग्रिने नै भयो /

तपाईहरु सबै सुकिला मुकिला मान्छे, येत्रो वर्ष देखि अमेरिकामा हुनुहुन्छ म हिजो आस्ति भखर आको होटेलमा काम गर्ने फ्याउरेले के भनम, तैपनि येसो आफ्नो लोग्नेले घर बसेर के गरि रा छ अलि विचार गर्नु होला, एकान्तमा बसेर laptop मा झुण्डी रा छ भने विचार गर्नु होला, ५० हजार $ को surprising क्रेडिट कार्ड बिल घरमा अउला /”your credit card application has been declined” . एस्तो इमेल कतै देख्नु भयो भने सम्जनुस बुडोले घरमा धमिरा लगाई सक्यो /

तपाईले केहि पाठ सिक्नु भयो कि भएन, मलाई बाल भएन, मैले चै सिके, मान्छे जेमा दक्छे छ तै गर्नु पर्छ, दमैले लुगा सिउनु पर्छ, कामिले आरन लाउनु पर्छ, सुनारले गहना बनाउनु पर्छ, जैसीले टपरा तिर ज्यादा जोर दिनु पर्छ/ criss cross भयो भने नतिजा नराम्रो आउने सम्भावना ज्यादा छ/ लुगा सिलाएर गार्मेन्टको मालिक नबन्ने नि होइन, जुत्ता सिलाएर जुत्ता कम्पनीको मालिक नबन्ने नि होइन / त्यो छेत्रमा सफल बन्ने सम्भावना अझ प्रखर हुन्छ /एक जना छोटो समयमा सफल भयो भनेर उत्तेजित नहुनुस/ एक जना लाई सफल बनाउन १००० जना डुबेका हुन्छन, त्यो dark side नि हेर्नुस/ येति भन्दै म व्यापार गर्ने सोच लाई तत्काल को लागि होल्ड गर्दै आफ्नो पुर्खेउली काम भाडा हान्न जान्छु, ल गए म, के था, भाडा हान्दा हान्दा भोलि म gordon ramsey जस्तो बिसाल chain रेस्टुरेन्टको मालिक भए भने ?
Last edited: 22-Apr-20 02:42 PM
Read Full Discussion Thread for this article