Posted by: AnandNepal April 15, 2020
नयाँ बर्षमा 👏
Login in to Rate this Post:     0       ?        
स्टारडम फिक्का भएका ५ नेपलि फिल्मका अभिनेत्रिहरु

नेपालि फिल्म क्षेत्रको लागि नयाँ वर्ष २०७७ कोरोना महामारिको कारण आशाप्रद देखिएको छैन, तर अघिल्लो बर्ष २०७६ पनि नेपालि फिल्म क्षेत्रको लागि शुखद रहेन । गत बर्ष ५० भन्दा बढि फिल्म रिलिज भए तर ति मद्धे १० प्रतिशत फिल्मले मात्रै लगानि उठाउन सफल भएको बताइन्छ - कबड्डिको सिक्वेल ‘कबड्डी कबड्डी कबड्डी’ जात्राको सिक्वेल ‘जात्रै–जात्रै’ र दिपक-दिपाको फिल्म ‘छ माया छपक्कै’ सफल फिल्म मानिएको छ भने महको फिल्म ‘दाल भात तरकारी’ र दिपेन्द्र के खनालको ‘आमा’ ले पनि लगानि उठाएको मानिएको छ । अहिले त बिश्व भर नै कोरोना भाइरसको संक्रमणका कारण लकडाउन गरिएको हुनाले फिल्म हलहरु बन्द छन तेसैले नेपालि फिल्म मात्रै होइन हलिउड र बलिउड पनि नराम्रति प्रभावित बनेका छन।

https://youtu.be/2NgIvNtPxCA

आशा गरिएको भए पनि असफल भएका फिल्म हरुमा : नम्रता श्रेष्ठको एक्सन अवतार देखिएको जाइरा, साम्राज्ञीको मारुनी र रातो टीका निधारमा अनि, स्वस्तिमाको ‘हजार जुनीसम्म’ र ‘घामड शेरे’ अनि पुजा शर्माको ‘पोइ पर्‍यो काले’ धेरै आशा गरिएका फिल्महरु थिए - यि फिल्मलाइ नायिकाहरुको स्टारडमले नै फिल्मलाइ सफलबनाउने आशा निराशामा परिणत भयो।

तेस्तै ‘हजार जुनीसम्म, चच हुईं, साङ्लो, सेल्फी किङ, सेन्टी भाइरस’ आदि फिल्मले पनि आशा गरे जस्तो सफलता चाख्न पाएनन । २०७६ सालका असफल चार पाँच अभिनेत्रिहरु ।
Read Full Discussion Thread for this article