Posted by: SSK April 15, 2020
एउटा नेता स्वोर्गीय भो!
Login in to Rate this Post:     0       ?        

नत स्कुल खोल्छ नेता, नत उद्योग चलाउछ,
आफु गाजा तानु भन्छु, बुढो जुलुस गर्न बोलाउछ //

एउटा नेता स्वोर्गीय भो, जनता उसको रुदै थियो,
मैले भने नरोउ भाई, इश्वोरको लिला येस्तै भयो /
उसले भन्यो, बुझे हजुर तर थाम्नै गारो भयो, यो मन,
जम्मा एउटा मर्यो बल्ल, हेर्नुस त बाकी अझै कति छन् //

मेरो पनि गयो सातो, रुन थाले धुरु धुरु,
उसले भन्यो नरोउ अब, मलामी जाऊ हुल बाधी खुरु-खुरु/
मैले भने जान्न मत, गएर पाउनु नै के छर,
उसले भन्यो नेता न हो, फर्की आउन्न भन्ने के छ भर //

अब मलामी नगई भो र, त्रास तेत्रो बढे पछि,
अघि अघि बढ्यो मुर्दा, लाग्यो जिउदा पछि पछि/
तेही पुगियो जहाँ पुगिन्छ, नेताको पछि लागे पछि,
तर अमर रहोस भन्योउ सबले, खरानी त्यो भए पछि
//

-चट्टयांग बाऊसाप
Last edited: 16-Apr-20 08:42 AM
Read Full Discussion Thread for this article