Posted by: AnandNepal April 12, 2020
नयाँ बर्षमा 👏
Login in to Rate this Post:     0       ?        
प्रधानमन्त्रीको नयाँ बर्षको नयाँ अपील : नयाँ बर्ष बैशाख १ गते विहान ८ बजे राष्ट्रिय गान गाएर, ताली बजाउन आग्रह।
(video skript attached... )

https://youtu.be/UGnCmlXDBKA

प्रधानमन्त्री केपी शर्मा ओलीले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मान स्वरुप नयँ बर्शको दिनमा राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको प्रस्तावलाइ समर्थन गर्दै प्रधानमन्त्रिले सो आव्हान गरेका हुन । ट्विटरमा लेख्दै ओलि भन्छन :

"राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ! ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।"

विश्व काेराेना भाइरस महामारी फैलिइरहेको बेला डाक्टर, नर्स, सुरक्षाकर्मी, अत्यावस्यक सामाग्रि आपुर्तिकर्ताहरुले जोखिम मोलेर संकटको सामना गरिरहेका छन । बिभिन्न मानिसहरुले यसलाइ एक अदृष्य शक्तिसंगको युद्ध अनि तेस्रो बिश्वयुद्ध नै भन्ने नाम पनि दिएका छन। तेस्तै नेपालमा पनि काेराेना संक्रमण फैलन नदिन सरकारले लकडाउन गरेकाे छ ।

यस्ताे वेला नेपालमा नयाँ बर्ष परेको छ - अरु बेला भएको भए बिभिन्न कार्यक्रम रमाइलो हुने समयमा सबै घर भित्र थुनिएर बस्नु परेको छ । तेसैले काेराेना संक्रमण का बिरुद्ध अग्रमाेर्चामा खटिएकाहरूकाे हाैसला बढाउन राष्ट्रिय गान गाएर ऐक्यबद्धता जनाउने कार्यक्रम सहयोगि हुने अपेक्षा गरिएको हो ।

के तपाइ पनि वैशाख १ गते सोमबार बिहान ८ बजे आफ्नाे घरकाे काैसी, झ्याल वा छतमा उभिएर राष्ट्रिय गान गाउन, बजाउन र अन्तमा एकैसाथ ताली पिट्नु हुने छ ?
आँफ्नो मानसिक र शारिरिक स्वास्थ्यको पनि ख्याल गर्नुहोला।

Read Full Discussion Thread for this article