Posted by: Nas April 5, 2020
अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु
Login in to Rate this Post:     0       ?        
अमेरिकाको न्युयोर्कमा एकै रात चार जना नेपाली आप्रवासीको मृत्‍यु

न्युयोर्क 

 

अमेरिकामा कोरोना संक्रमित हुने र मृत्‍यु हुनेहरुको संख्या प्रत्येक मिनेट बढ्दै जाँदा न्युयोर्कस्थित नेपाली समुदायले भने एकै रातमा ४ सदश्यलाई गुमाएर स्तब्ध बनेको छ । अमेरिका कै कोरोना ईपिसेन्टर न्युयोर्क कुईन्समा बसोबास गर्ने हजारौं नेपाली प्रताडित बन्दै गर्दा त्यही आप्रबासी बस्तीका ४ जना नेपाली एकै रातमा गुमाउनुको पिडामा नेपाली समुदाय शोकमा डुब्न पुगेको छन् ।

अमेरिकामा लामो समयदेखि बसोबास गर्दै आएका अजय छोच्छें, थोक्मे बिष्ट, सोनाम लामा तथा निमा तेम्बा शेर्पाको एकै दिन मृत्‍यु भएको हो । अमेरिकास्थित बिभिन्न सामाजिक कृयाकलापमा सकृय सहभागिता जनाउँदै आएका अजय छोच्छें बिगत केही हप्तादेखि स्थानीय अस्पतालमा उपचारको क्रममा थिए । यद्यपी उनको मृत्‍युको कारण स्ट्रोक भएको उनको पारिवारिक श्रोतले जनाएको छ । छोचेन कोरोना भाईरस नेगेटिभ भएको र केही दिन भित्रै अस्पतालबाट डिस्चार्ज हुने क्रममा भएको समेत उनको पत्नी संगिता मुखिया छोचेनले आफ्नो फेसबुकमा लेखेकी छिन् । छोचेन काठमाडौंका स्थानीयबासी हुन । शनिबार नै मृत्‍यु हुने अन्य दुई सोनाम लामा र थोक्मे बिष्टको भने आफ्नै घरमा आराम गरिरहेको अवस्थामा मृत्‍यु भएको र मृत्‍युको खबर पछि स्थानीय प्रहरीले मृतकको शरीर लिएर गएको श्रोतको दाबी छ । नेपालको मुस्ताङ घर भएका लामा र बिष्टको मृत्‍युको कारण खुलाईएको छैन । ५४ वर्षीय बिष्ट मुस्ताङ् जिल्लाको लोमान्थाङ् गाउँपालिका निवासी हुन् ।

सोही दिन अर्का नेपाली ४४ बर्षीय ङिमा तेम्बा शेर्पाको पनि स्थानीय एल्महर्स्ट अस्पातलमा मृत्‍यु भएको जनाईएको छ । उनी सोलुखुम्बु जिल्ला कुरिमा गाउँपालिकाका थिए ।

कोरोना महामारी पछि नेपाली समुदायबाट न्युयोर्कमा मृत्‍यु हुने नेपालीको संख्या पाँच पुगेको छ ।
Last edited: 05-Apr-20 01:07 PM
Read Full Discussion Thread for this article