Posted by: Nepe December 11, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
यो धागो संगीतको विषयमै केन्द्रित रहोस् भन्ने चाहन्छु म । आखिर यो धागो कातिएको नेपाली संगीतको वर्तमान अवस्थाको बारेमा अनुपको समिक्षालाई खुट्किलो बनाएर एउटा सानो छलफल चलोस् भन्नाको खातिर न हो । अनुपसंग मेरो जेजस्तो व्यक्तिगत सम्बन्ध भएपनि म यहां एक मामूली सन्देहवाहक मात्रै हुं । त्यतिजाबो हैसियतको मैले आशुको त्यत्रो टिप्पणी पाउने योग्यता शायदै राख्थें । जे भएपनि सम्बोधनै गरेर गरेको टिप्पणी भएकोले गैरसांगीतिक विषय नै हुन गए पनि संक्षिप्त जवाफ फर्काउनु नै उचित होला भनेर आशुको अदालतमा हाजिर भएको छु । हुन त कर्मपाको अदालतमै मूल मुद्धा सकिएको हो ।
Read Full Discussion Thread for this article