Posted by: gurung1 March 28, 2020
कोरोना बैनीलाई खुल्ला पत्र
Login in to Rate this Post:     1       ?         Liked by

बैनी, पढ्नु भयो भने छक्क पर्नु होला यो गवारले कसोरी चिट्ठी लेख्यो भनेर! सहयोगी मार्फत तपाई लाई यो भावना लेख्दै छु, लेखाई अरुको भये नि भावना मेरो हो ! Inbox र whattsapp मा block गर्नु भा छ तेसैले यहाँ कुरा पोख्नु को विकल्प रहेन!
सर्बप्रथ्रम मेरो आग्रह लाई सहर्सा स्वीकार गरेर साथी बन्नु भएकोमा धन्यबाद ! बेला न कुबेला तपाई लाई call गरेर तपाइको अमुल्य समय खेर फाले तेस्को लागि मन देखि नै लज्जित छु ! म छेमाको लायक त छैन तर पनि साचो मनले माफी मग्न खोज्दा block भै सकेको रैछु ! सायद पढेको र नपढेको मान्छेको मान्छेको सोच्ने तरिका नै फरक हुने रैछ ! म अनपढ़ आफ्नो बोलि लाई लगाम दिन नसक्दा तपाई जस्तो राम्रो मान्छे को नजरमा कुपात्रको रुपमा प्रस्तुत भए !
बहाना बनाको होइन करुणाजी अनि मलाई नि था छ अब कुनै पनि बहाना र मेरो अनुरोधलाई तपाईले सुन्नु हुने छैन ! तर पनि मनमा लागेको कुरा नभनी बस्न सकिन ! यो संकट को घडीमा मेरो पनि व्यापार चौपट छ, २ ओटा पसल बन्द छ, खर्च जस्ताको तस्तै! येही सुरमा म पिएर बसेको थिए, तपाई को whattsapp को फोटो हेरे, तपाई संग कुरा गर्न मन लाग्यो ! फोन गरे, यो तपाईको महानता हो तपाई ले फोन उठाउनु भयो र राम्रो संग कुरा गर्नु भयो ! सायद तपाई थकित हुनुहुन्थियो होला मैले फेरी फोन गरे, समय कति बजेको था छैन तर मैले फेरी फोन गर्ने नहुने ! मैले तेस्तो नराम्रो बोले जस्तो त लाग्दैन तर मलाई था छ, मैले पक्कै बढी बोले ! खाको बेला म बढी बोल्छु र यो नै मेरो दुर्भाग्य बन्न पुग्यो ! मैले के बोले म सम्जन सक्दिन तर मैले तपाइलाई नराम्रो सब्द प्रयोग गरिन भन्नेमा मा ढुक्क छु !

तपाईले म प्रति देखाउनु भएको सदसयेता प्रति म आभारी छु, तपाईको सुमधुर बोलि मेरो कानमा अझै नि गुञ्जयमान छ ! मैले गर्न नहुने काम गरे, म तपाईको नजरमा गिरे, यो कुराको खेद मलाई जीवनभरि हुने छ ! आफुलाई न्याए दिन खोजेको त होइन तर के गर्नु एक्लो छु, होस्मा आफु लाई सम्हाले पनि बेहोसीमा कैले कहिँ बोउलौछु! तपाईको फोन नम्बर र फोटोको दुरुप्रयोग गरेको छैन र जीवनभर गर्ने छैन ! मैले फोटो download गरेको छैन ! थोरै पढेको भए पनि २ ओटा स्टोरे चलारा बसेको छु, तपाईको कुनै इन्फोर्मेशनको दुरुप्रयोग गरे भने मेरो नम्बर बाट प्रहरीले कुनै बेला मलाई नियेंत्रणमा लिन सक्नेमा सुचित छू ! ढुक्क हुनु होला !

i am sorry
Read Full Discussion Thread for this article