Posted by: SSK February 27, 2020
आहा ! भोलि सुक्रबार
Login in to Rate this Post:     0       ?        
अस्ति आइतबारको मध्यान्न देखि फुस्रो भाको मन बिहिबार मध्यान्न पछि फुरुङ्ग हुन्छ / आहा भोलि सुक्रबार!! सुन्दै कस्तो रमाइलो / भोलि त काम मा नगए नि हुन्छ /आजो साझ त जति बोतल लडाए नि हुन्छ/ भोलि त ९ बजे सम्म लम्पसार परे नि हुन्छ / फेरी आजो राति त स्यालरी नि औछ / ४ दिन देखि बिग्रेको मौसम आजो कस्तो खुलेको छ / पारिलो घाम ,मन्द हावा, cabin को झ्याल बाट देखिने पर को सानो सहर/ बसन्तको पूर्व सन्ध्या / पात झरेका फुस्रा रुखहरु फेरी काचुली फेर्दै छन्/ खुसि हुने कति धेरै कारणहरु /

सुख दुख जिन्दगी यो चलि रहन्छ, बाधा पन्छाउदै नदि बगी रहन्छ/ ऐले फुरुङ्ग भाको मन आइतबार फेरी ओइलिञ्च, तर के चिन्ता लिनु फेरी सुक्रबार आइ हाल्छ/
#period
Read Full Discussion Thread for this article