Posted by: AnandNepal February 24, 2020
Helicopter चार्टर गरेर यस्तो भब्य केक .. सरकारि खर्चमा
Login in to Rate this Post:     0       ?        
@Keyser Soze
सरकार प्रमुखको सरकारि खर्चमा नै हुन्छन । तर, यस्तो अति गर्दैनन :

प्रमको जन्मदिनमा - प्रधानमन्त्रीको जन्मदिन राजसि ठाँटबाँटका साथ अति नै भब्य तवरले मनाइएको थियो :

यति भब्य तवरले जन्मदिन त राजामहाराजा हरुले पनि मनाउँदैनथे ।

- जन्मदिन मनाउनै को लागि भनेर उनको जन्मघर मर्मत सम्हार गरियो (अब त्यसलाइ संग्राहलय बनाउने रे)
- जन्मदिन मनाउन उनको घर संगै हेलिप्याड नै निर्माण गरियो।
- देशका उच्च तहका नेता, मन्त्रि लाइ उडाएर ताप्लेजुंग पुर्याइयो - जानेहरुमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानीमन्त्री विना मगर, संघीय सांसद् विजय सुब्बा, गणेश विमली आदि छन ।
- आठराई गाउँपालिकामा प्रधानमन्त्रीको जन्मदिन मनाउनै भनेर सार्वजनिक विदा दिइयो। अझ राजतन्त्रको बेलामा जस्तो, त्यहाँ रहेका सबै कर्मचारीहरुलाई तोकिएको पोशाक पहिरेर प्रधानमन्त्रीको जन्मदिनमा अनिवार्य रुपमा सहभागी हुन उर्दि जारि गरियो । कसैको जन्मदिनमा यस्तो उर्दि राजतन्त्रको बेलामा पनि हुँदैनथ्यो होला ।

- अझ, प्रधानमन्त्रिले काटने केक ताप्लेजुंग पुर्याउन हेलिकप्टर नै चार्टर गरियो

- प्रधानमन्त्रिले काटेको केक फेरि नेपालको नक्सा आकारको बनाइएको रहेछ । यो खासै ठुलो कुरो त होइन -- तर , सांकेतिक रुपमा उनले देशलाइ काटेर टुक्रा टुक्रा पारेको जस्तो देखियो भनेर बिरोध भइ रहेको छ ।

Read Full Discussion Thread for this article