Posted by: Dada_Giri December 10, 2004
A Great Review on Nepali music
Login in to Rate this Post:     0       ?        
यहाँनेर म एउटा प्रसंग उल्लेख गर्छु कुरालाई राजनितितिर मोड्न भने पटक्कै खोजेको हैन। स्योगवस राजनेतिक उदाहरण पर्न गयो। अन्यथा नलिनि होला। त्यही ब्यक्ति ४६ सालको उप निर्वाचनमा उठ्दा अत्यधिक बहुमतले बिजयी भएर रा पं स भयो, २ वर्षपछि बहुदलीय ब्यबस्थामा उही उम्मेदवार, तिनै मतदाता, त्यही निर्वाचन क्षेत्रबाट ७८ मतमा चित्त बुझाउन पर्यो। जनभावनालाई अथवा श्रोताको भिडलाई, बिक्रि भएका क्यासेटको संख्याको आधार लिएर मुल्याकंन गर्न खोज्नु त बिश्लेषकको कमजोरी हैन र? मेले यसलाई सस्तो लोकपृयतासित तुलना गर्न खोजेव यस मानेमा कि यस्ता गितहरु सदाबहार हुन सक्दैनन्। यिनीहरुलाई अग्रपंक्तीमा राख्न खोज्नु सदाबहार गितहरुको अबमूल्यन गर्न खोज्नु हो। समय दिएर छलफललाई जारी राख्नुभएकोमा अनुप जी लगायत सबैमा आभार! दादा गिरी
Read Full Discussion Thread for this article