Posted by: Samrat Singh Karki January 23, 2020
थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने life damage !!!
Login in to Rate this Post:     0       ?        
हैट!! यो थुतुनो र मुतुनो ठिक ठाउँमा भएन भने जिन्दगि सखाप हुने रैछ / थुतुनो ठिक ठाउँमा नहुदा आस्था राउतको life damage भएको थापाई सक्नु भयो / अब मुतुनो ठाउँ मा नहुदा एक जना मह योगी आजो बलात्कारको आरोप मा जेल जादै छन् / हजुर म जगदगुरु महा योगी श्री कृष्ण गिरि महाराज को कुरा गर्दै छु / धरौटीमा छुटेका यी महायोगीलाई आजो माथिल्लो आदलतले जेल मै राख्न आदेश दिएको छ / यो संगै उनि भारत फरार भएका छन्

को हुन् योगी श्री कृष्ण गिरि महाराज ?

चानचुने viral बाबा, पाखण्डी ज्योतिषी, अनि ठग माताजी नठान्नु होला कृष्ण गिरि लाई / यिनी कुनै YouTube ले viral भाका जोगी होइनन / यिनले हिन्दु समाज, सत्संग र योग सिक्छ्या र साधनामा दिएको योगदान आतुल्निये छ/ यिनले प्राप्त गरेको जगतगुरुको उपाधी कुनै चानचुने उपाधी होइन / यो नेपालको प्रधानमन्त्रि भन्दा माथि को उपाधि हो / नेपालमा ३८ ओटा प्रधानमन्त्री भइ सके तर ३ जना मात्र जगतगुरु छन् / संसारभर भएका जीवित १३ जगतगुरु पिठादिश मध्ये उनि एक हुन् / सम्भबत उनि कान्छा जगतगुरु हुन् ( म sure छैन ) / जगतगुरु हुन येति गारो छ कि ३ वर्ष मा लगभग ६२००० -११०००० परम साधक र महाज्ञानी बाट मुस्किलले १ वा २ जना लाई यो उपाधी बिभुसिद गरिन्छ / नेपालमा खासै वास्ता नगरिने येस्ता जगतगुरु लाई भारतका बिबिन्ना राज्यमा अति महत्तो र सम्मान का साथ हेरिञ्छ /
म नेपालमा एउटा जिल्लामा काम गर्दा यिनको महायेग्येमा जानु पर्ने काम पर्यो / म निकै कलिलो थिए, तेती बेला येस्ता बाबा मध्ये आस्था TV बाट रामदेव लाई मात्र चिन्थे / मन नलागी नलागी यिनको प्रबचन सुने , आधा घण्टा मै यिनको प्रबचनले मन्त्र मुग्द बनाए, त्यो जिल्लामा म ८ महिना बसे, तेतीखेर यिनी संग भेट हुने मौका त जुरेन तर यिनले गरेको काम र किर्तिको फेरिस्ता सुन्दा चै म छक्क नै परेको / हरेक दसैँमा यो मान्छे १० दिन भू समाधि लिने / घटस्थापनाको दिन यो मान्छे लाई बाकसमा पुर्ने अनि त्यो माथि पुरै बालुवा को पहाड बनाएर जमरा रोप्ने/ दसैँ को दिन यो मान्छे लाई जमरा काटेर त्यो पुरेको पहाड बाट निकाल्ने / अनि त्यो जमरा हामी barrack मा लगेर टिका लौथेउ / कुन बिज्ञानले काम गर्यो था भएन तर म चै ३० minute भन्दा बडी बाच्दीन थे होला /
यो मान्छे पोखरी भित्र ३० minute सम्म सास नफेरी बस्न सक्ने /( म आफु चै ३ minute सम्म सक्थे ) / ऐले देश नै MCC को ५५ अर्ब पछाडी लागेको छ / यो मान्छेले बिराट महा येज्ञ बाट मात्र १ अर्ब बढी उठाको छ समाज सेवा को लागि, तेस्तै अर्को महा दुर्लब येज्ञ गरेको रैछ / अब जाबो येज्ञ त धुर्मुस सुन्तलीले नी लौछन के ठुलो कुरा भयो र भन्नु होला , एक चोटी घरमा सत्य नारायण को पुजा लगाएर हेर्नुस कति गारो हुन्छ, महायेग्य भनेको त्यो पुजा भन्दा १०००००० गुना गारो बिधि हो / ति बिहार पुग्यो भने नेपाल को KP ओली लाई कसैले चिन्दैन, यो मान्छे लाई चै धेरै ले चिञ्छन / भारतमा नेपाली प्रधान मन्त्रि भन्दा यी मान्छे धेरै प्रभाब्साली छन् /

अब येस्ता मान्छे माथि बलात्कारको आरोप लाग्दा मलाई पैले चै पत्यार लागेन/ पछि यिनले गरेको audio सुन्धा चै यिनले गल्ति गरेको नै हि भन्ने लाग्यो / मलाई अचम्म चै यो कुरामा लागि राको छ कि यिनको एक संकेतले मात्र हज्जारौ महिला अन्युयाईहरु यिनीमा लीन हुन लालायित हुन्छन, तेस्तोमा यिनले किन बलात्कार गरे ? फेरी ति महिलाको आवाज सुन्दा ति परम सुन्दरी हुन् जस्तो नि लाग्दैन, एक सामान्य महिला जस्तो सुनिन्छ /
जस्तो सुकै महा ज्ञानी भए नि हुन् त यिनी पनि हामी जस्तै मान्छे नै, यिनको सरिरलेनि यौनको चाहना गर्यो होला, तर तेस्को निकास सहि तरिकाले नगर्दा उनले बनको यो साम्राज्य र किर्ति आजो माटोमा मिलेको छ / उनको सगरमाथा जत्तिको उचाई लाई ४ इन्चको मुतुनोले पछार्यो /
जय मुतुनो !!!

यिनको किर्ति हेर्नुस
https://www.youtube.com/watch?v=tSXvL6qA-xQ
Read Full Discussion Thread for this article