Posted by: ktmpost January 20, 2020
प्रत्यक्षदर्शीले बयान दिएपछि आस्था राउटको भूल साबित
Login in to Rate this Post:     0       ?        

गायिका आस्था राउत घटनाबारे प्रत्यक्षदर्शीको यस्तो बयानले, प्रहरी नै तीनछक

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटीमा रहेकी प्रहरी जवान रमीता श्रेष्ठले आफूमाथि दुर्व्यवहार गरेको भन्दै गायिका आस्थाले सामाजिक सञ्जालमार्फत आक्रोशपूर्ण अभिव्यक्ति दिएपछि फरक फरक विचार आइरहेका छन् । बुधबारको सो घटनाको विषयलाई लिएर मानिसहरुले पक्ष र विपक्षमा विचार व्यक्त गरिरहेका छन् । सीसीटीभीको फुटेज सार्वजनिक भएपछि यस घटनाले गायिका आस्था राउत बढी आलोचित हुन पुगेकी छन् ।

तर, उनीहरुबीच के कस्तो वादविवाद भएको हो भन्नेबारेमा केही खुलेको छैन ।यस घटनामा रमीतालाई अभद्र व्यवहार गरेको आरोपमा गायिका आस्थाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । यसैक्रममा गायिका आस्था र प्रहरी जवान रमिताबीच भएको वादविवाद देख्ने प्रत्यक्षदर्शी सुमन देउजाले गायिका आस्थाको धर्यता र शालिनता नदेखिएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत देउजाले सो घटनाको सीसीटीभी फुटेज सार्वजनिक भएपछि यसबारे बोल्न आफूमाथि दबाब आएको बताएका छन् । ‘आफ्नो ड्युटीमा रहेकी रमीताले चेक गर्ने उनको जिम्मेवारीअनुसार नै काम गरिरहेकी थिइन्’, उनले भनेका छन्, ‘तर सेलिब्रेटी आस्थाले पनि नियम त मान्नु पर्‍यो नि ।’

यसबारे थप देउजा भन्छन्, ‘महिला प्रहरी(रमिता)ले आस्थालाई ज्याकेट चेक गर्नुपर्छ खोल्न आग्रह गरेपछि आस्थाले आफ्नो फ्लाइट छुट्न लागेको भन्दै हतारिन् । हतार हुने भए चाँडै आउनु पर्ने महिला प्रहरीले बताइन् । त्यसपछि आस्थाले ज्याकेट खोलेर चेक गर्ने मेसिनमा राखिन् । ज्याकेट चेक गरेर फर्केकी आस्थालाई उनको कफि महिला प्रहरीले दिइन् । उनले लिन नमान्दा टेबुलमा कफि पोखियो । तत् पश्चात टेबुलमा पोखिएको कफि पुछ्न र डसविनमा फ्याल्न महिला प्रहरीले आस्थालाई भनिन्, आस्थाले मानिनन् । महिला प्रहरी आफ्नो जिम्मेवारी पूरा गरिरहेकी थिइन् । महिला प्रहरी सही छिन् । महिला प्रहरीलाई उनले राम्रो काम गरेकोमा सलाम गर्न चाहन्छु ।’

https://www.facebook.com/suman.deuja.5/posts/10157780517045675


https://listkhabar.com/2020/01/18220/

Last edited: 20-Jan-20 10:41 AM
Last edited: 20-Jan-20 10:53 AM
Read Full Discussion Thread for this article