Posted by: ktmpost January 16, 2020
प्रियंकाको ब्याचलर पार्टी थाइल्याण्डमा
Login in to Rate this Post:     0       ?        

फिल्मी फण्डा । नायिका प्रियंका कार्कीले प्रेमी आयुष्मान देशराज जोशीसँग इन्गेजमेन्ट गरेर गत असारमा विहे गर्ने तयारी गरेकी थिइन् । त्यो असार बितेर अर्को असार आउन लाग्दा समेत उनले विहेको सुरसार गरेकी थिइनन् ।

 

गत असारमा आयुष्मान र आफू दुवै जना काममा व्यस्त भएकाले त्यतिञ्जेलसम्ममा काम सक्ने र घरजम गर्ने बताएकी थिइन् । ऋचा शर्माको रिसेप्सनमा उनका आफन्तको समय नमिल्ने भएकोले यो वर्ष विवाह नगर्ने बताएकी थिइन् ।

तामझामकासाथ इन्गेजमेन्ट गर्ने, विहेको घोषणा गर्ने तर विहे नहुँदा आयुष्मान र प्रियंकाबीच खटपट भएको गसिप पनि चलेको थियो । हालै प्रियंकाले आफ्ना साथीहरुलाई थाइल्याण्डमा ब्याचलर पार्टी दिने भएकी छिन् । प्रियंकाले सामाजिक सञ्जालमार्फत यो कुराको खुलासा गरेकी हुन् । ‘कसले बिहे गर्दैछ ?’ भनेर फ्यानलाई सोधेकी छिन् ।

स्रोतका अनुसार प्रियंका र आयुष्मानले सन् २०२० मै बिहे गर्दैछन् । ‘हेल्लो जिन्दगी’ पछि प्रियंकाले अरू फिल्ममा काम गरेकी छैनन् । यो फिल्मको छायांकन सकिएको ६ महिना बितिसकेको छ । केही वर्ष अघिसम्म दिनरात फिल्मको छायांकनमा व्यस्त हुने प्रियंका यतिबेला एकातिर म्यूजिक भिडियोमा व्यस्त छिन् भने अर्कोतिर ‘भिजिट नेपाल २०२०’ को क्यालेण्डर निर्माणमा व्यस्त छिन् ।

http://filmyfanda.com/2020/01/16/priyankaaayush/

Last edited: 16-Jan-20 10:47 AM
Last edited: 16-Jan-20 11:02 AM
Read Full Discussion Thread for this article