Posted by: ktmpost January 13, 2020
विश्व शान्तिलाई सबैभन्दा ठूलो जोखिम अमेरिकाबाट
Login in to Rate this Post:     0       ?        

विश्व शान्तिलाई सबैभन्दा ठूलो जोखिम अमेरिकाबाट छ : नोम चोम्स्की

एजेन्सी । केही दिन अघि(जनवरी ४) मा न्युयोर्क स्कुलमा बोल्ने क्रममा प्रसिद्ध भाषाशास्त्री तथा दार्शनिक नोम चोम्स्कीले अमेरिका कसरी विश्व शान्तिको सबैभन्दा ठूलो खतरा हो भन्ने कुराको व्याख्या गरे । 


उनले अमेरिकाको रिपब्लिकन पार्टी अहिले ‘अत्यन्त दुष्ट’ संस्थामा रुपान्तरित भएको र त्यस क्रममा उसले संसदीय नीति परित्याग गरेको बताए । चोम्स्कीले थपे ,‘उनीहरु अन्य देशमा प्रतिबन्ध र प्रतिबन्धमाथि प्रतिबन्ध लगाउन तथा इरानको हकमा कुनै पनि सहमति हुनबाट रोक्न लागिपरेका छन् ।’ ‘त्यसको अर्थ इरानसँगको आणविक सम्झौता अनावश्यक थियो भन्ने होइन । इरानी आणविक सम्झौता अमेरिका र इरानबीच मात्र भएको सम्झौता होइन । यो इरान र ६ विश्वशक्ति बीचमा भएको सम्झौता थियो । र यसलाई संयुक्त राष्ट्र संघका सुरक्षा परिषदका पाँच स्थायी सदस्य र जर्मनीले अनुमोदन गरेका छन् ।’ चोम्स्कीले भने । उनले अगाडि भने ,‘पछिल्लो समय इरानले चीन र भारतसँग मिलेर अमेरिकाले लगाएको प्रतिबन्धबाट उम्कने उपाय भेटेका छन् ।’

‘यदि उक्त प्रयास सफल भयो भने इरानले असंलग्न आन्दोलभित्रको एक ठूलो जनसंख्याको सहयोग पाउनेछन् । उक्त जनसंख्या इरानले अ–प्रसार सन्धीको सदस्य रहेर शान्तिपूर्ण रुपमा आणविक कार्यक्रम खोज गर्न पाउने अधिकार पक्षमा छन्’, उनले भने । 

यदि अन्य देश सम्झौताप्रति कटिबद्ध रहिरहे भने अमेरिका विश्वबाट एक्लिने चोम्स्कीको आकंलन छ । 

उनले भने, ‘संयुक्त राष्ट्र संघीय साधरणसभाको क्युवासम्बन्धी वार्षिक प्रस्तावमा अमेरिका एक्लिएको हामीले देख्यौं । यस्ता समाचार अमेरिकी समाचार संस्थामा आउँदैन ।’

चोम्स्कीले पछिल्लो समय एक मात्र देश इजरायल आफ्नो आवश्यकताको कारण अमेरिकाको साथमा आएको भए पनि पश्चिमी गोलार्द्धका अन्य देशमाझ भने अमेरिका एक्लिएको बताए । 

चोम्स्कीले क्युवासँग सम्बन्ध सुधार गर्ने ओबामाको प्रयासबारे उल्लेख गर्दै भने,  ‘क्युबासँगको सम्बन्ध सुधारको गुह्य कुरा पनि अमेरिकालाई साथी चाहिएर हो । अर्थात अमेरिका एक्लो हुदै गएको बोध भएर ओबामाले उक्त अग्रसरता लिएका थिए ।’ 

इरानप्रतिको अमेरिकी नीतिको उल्लेख गर्दै चोम्स्कीले भने,‘ अमेरिकाले इरान विश्व शान्तिको लागि सबैभन्दा ठूलो खतरा भएकाले उप्रति संशकित हुने गरेको बताउने गरेको छ । अमेरिकी सरकारका शीर्ष अधिकारी, टिप्पणीकार र अरुबाट हामी नियमित रुपमा यही कुरा सुन्छौं ।’

त्यसपछि चोम्स्कीले ग्यालप इन्स्टीच्युटले कुन देश विश्व शान्तिको सबैभन्दा ठूलो खतरा भएको प्रश्नमा गराको सर्वेक्षणको उल्लेख गर्दै भने ,‘ त्यस सर्वेक्षणमा अमेरिकाले अरु देशलाई धेरै मार्जिनले पछि पार्दै पहिलो स्थानमा देखियो ।’ 

चोम्स्कीले जोड दिँदै भने, ‘तर यस्तो कुरा अमेरिकी मिडियामा छापिँदैन । अमेरिकाकै एजेन्सीबाट भएको सर्वेक्षण हामी यहाँका समाचारपत्रमा पढ्न पाउँदैनौँ ।’
–इरानप्रेसबाट 

https://ratopati.com/story/113154/2020/1/9/noam-chomsky-

Read Full Discussion Thread for this article