Posted by: logan January 12, 2020
अमेरिकि जीबन बिताउन नसकेका होईन गरीबी जीबन बिताई
Login in to Rate this Post:     0       ?        
भट्टराईजिको छोटो अमेरिकि भ्रमण पछी आफ्नो देखाइ र सोचाइ साझा मार्फत पोख्नु भएको थियो | उक्त लेख प्रती टिका टिप्पणी पोख्ने मद्धे म पनि एक हुँ | दशौ देखी तिसौ बर्ष बिताइ सके छ प्लस फिगरमा वार्षिक तलब पनि थापेकै छन तर पनि सरल र सहज् जीबनको लागि धौ धौ भन्न् मिल्दैन तर सजिलो जीबन बिताईदै छ भन्ने महसुस गर्दैनन र आफु पनि यो बर्गमा परेको छु जस्तो लाग्छ | सजिलो कमाइमा निर्धक्क खर्च गराई को कथा धेरै बर्ष अघी यही साझामा धनी देशमा लाखौं कमाइ भए पनि गरीबीको बसाइ महसुस गरेर नेपाल बाट फर्केर साझामा पस्कनु भएका कुरा आफु सँग मिल्दो जुल्दो लागेर जोडेको हुँ | एक चोटि रस्टुरामा ५०-६० हज्जार खर्च गरेको देखे पछी आफ्ना बजेट सँग तुलना पनि गर्नु भएको थियो |

२ बर्ष अघी न्यु योर्क आएका मित्रलाई आफुकहा आउन आम्न्त्रण गरेको थिए , हिउपातले गाडी खियाले खाएको थियो, लौ मित्र गाडी चै फेरीहाल भनेका थिए | चलुन्जेल चलाऊने मन्साय अब चै धरासाय भएको छ | खिया लागेर फ्रेममा पनि असर पारेको हुनाले अब चै फेर्नै पर्ने भएर गाडी खोजाइ गर्दै छु / छौ | सामान्य सोचाइले छ फिगरमा वार्षिक तनखा छ भन्नेलाई डिलरको सोरुम बाट नयाँ गाडी हान्दिन छोडेर के को ६-७ हज्जारका सेकेन्ड ह्यान्ड गाडी किनेका भन्ने निक्लेनान ? नेपालमा बसेकी दिदिले पनि तेही कुरा सुनाएकी थीइन| आम्दानिको जोड घटाऊमा तल माथि हुँदाका अवस्था भोगेका भुक्त भोगिलाई मात्र थाहा होला, यो हिसाब किताबको महत्व बुझलान नत्र स्रिखन्ड र खुर्पाको बिड्मा फरक नदेख्ने का कुरै नगरौ |
अहिले यही हिसाब किताब मिलाईमा आफु गरीबिमा जीबन बिताई रहेको महसुस गरीरहेको छु |
Read Full Discussion Thread for this article