Posted by: AnandNepal January 5, 2020
काइदाका फाइदा .. .. प्रचण्डलाइ
Login in to Rate this Post:     1       ?         Liked by
@Nas that's a nice nice gesture - नमर्दै खुवाइदिए पनि कल्याण्डै हुने
हुन त, यस्तो नेक काममा त प्रचण्डको नाम नजोडेकै राम्रो ;)

तर, दुइ दुइ पटक प्रधानमन्त्रि हुँदा पनि केहि गर्न नसकेको भन्दै दुख मनाउ गरेका रहेछन प्रचण्डले ;)

https://youtu.be/-HIGtu3QzEU

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुइ दुइ पटक प्रधानमन्त्रि हुँदा पनि केहि गर्न नसकेको भन्दै दुख मनाउ गरेका छन । अध्यक्ष प्रचण्डले केहि चाँहि पक्कै गरेका थिए - उनले सबै आँफन्तलाइ उच्च ओहदामा भर्ति गरेका थिए ।


प्रचण्डले काठमाडौँमा अन्नपूर्ण काठमाडौँ समाजले गरेको एक कार्यक्रममा बोल्दै यि कुरा बताएका हुन । उनले पछिल्ला राजामहाराजाहरू देशभक्त नभएकै कारण उनीहरूले विदेशी शक्तिसँग घुँडा टेकेको समेत बताएका थिए। विदेशी शक्तिसँग झुकेका राजा महाराजाले गौतम बुद्ध नेपालमै जम्मिएको र लुम्बिनी नेपालकै भएको समेत भन्न नसकेको भन्दै ति सबै अभियानको क्रेडिट आँफैले लिन खोजेका छन। उनले गणतन्त्र आएपछि नेकपा सरकारले राजा महाराजाले नगरेको काम गरेको समेत उनले दावि गरे।

अनि प्रचण्डले आँफुले केहि गर्न नसके पनि उनले राजतन्त्र को चाँहि खुबै बिरोध गरेका छन । अघिल्लो दिन मात्रै सिन्धुलिमा आँफ्नो गुरु पृथ्वि नारायण शाह भएको, उनले माओ बाट भन्दा बढि राजा पृथ्वि नारायण शाहको युद्ध कौशलबाट जनयुद्ध हाँकेको दावि गर्ने प्रचण्डले त्यसैको भोलिपल्ट राजा महाराजाहरू देशभक्त नभएको आरोप लगाएका हुन । ल सुन्नुहोस प्रचण्डले कसरि केहि गर्न नसएको कुरा बताएका थिए ।
Read Full Discussion Thread for this article