Posted by: AnandNepal January 3, 2020
काइदाका फाइदा .. .. प्रचण्डलाइ
Login in to Rate this Post:     1       ?         Liked by
lol @Nas

अहिले आएर प्रचण्डले पृथ्वि नारायण शाहलाइ पनि मुछेछन
(भिडियोमा मैले बोलेको कुराको स्क्रिप्ट भिडियो को तल लेखेको छु)

https://www.youtube.com/watch?v=ryr-_WmCN5U

प्रचण्डले पृथ्वीनारायण, बुद्ध र अशोक बाट शिक्षालिएको दावि गरे

प्रचण्डले एक अनौठो कुरा खुलासा गरेका छन - उनले पृथ्वीनारायण शाह बाट जनयुद्ध कौशल शिकेको भन्ने। पृथ्वीनारायण शाहले सिमित हातहतियार र सामाग्रि बाट जनताको सहयोग लिएर नेपाल एकिकरणको अभियान चलाएका थिए। तेस्तैल् प्रचण्डले - बुद्ध र अशोक बाट पनि शान्ति प्रक्रियामा आउने प्रेरणा मिलेको पनि बताएका थिए।

यसै सन्धर्वमा पृथ्वीनारायणले सिकाए नेपाल एकीकरणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप उनीसँगै गोर्खाली सेनाले एकीकरणको समयमा गोरखादेखि नुवाकोट हुँदै काठमाडौँसम्म पुगेको पदमार्गमा ‘एकीकरण टर्च’ र्‍याली गरिने पनि समाचार आएको छ ।

गोरखा दरबारबाट शुरु हुने ‘एकीकरण टर्च’ र्‍याली बोर्लाङ, सल्यानटार, हासेपसल, चरङ्गे, तबईभार हुँदै पुस २० गते नुवाकोटको सामरीमा आइपुग्ने कार्यक्रम रहेको छ। त्यसपछि सामरीभञ्ज्याङमा एक विशेष कार्यक्रम गरेर पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको नुवाकोटस्थित साततले दरबारमा पुग्ने छ । नुवाकोट दरबारमा पुस २१ मा एक विशेष कार्यक्रम गरेर धरमपानी, शेरास्थित रानीको दरबार, बरबन्दी, चतुराले, ककनी हुँदै काठमाडौँको सिंहदरबार अघि रहेको पृथ्वीनारायण शाहको शालिकसम्म पुर्याइने छ । त्यस पछि एक र्‍याली गरेर समापन गरिने यो अभियान पृथ्वीजयन्ती को अवसर पारेर आयोजना गरिएको हो ।

गोरखादरबारबाट धादिङ, नुवाकोट हुँदै काठमाडौँ आइपुग्ने पुग्ने ‘एकीकरण टर्च’ र्‍याली, अनि पृथ्वीजयन्ती आउनै लागेको बेलामा प्रचण्डको पृथ्वीनारायण शाह प्रतिको सम्मानलाइ अनौठो मानिएको छ ।
Read Full Discussion Thread for this article