Posted by: AnandNepal December 28, 2019
यस्तो बाध्यता - रामकृष्ण ढकालको डिभोर्सको ?
Login in to Rate this Post:     1       ?         Liked by
@Nas - ब्यक्तिगत कुरा त मलाइ थाह भएन
@pepsi - तलको भिडियो हेर्नुहोस छर्लंगै हुन्छ

ऋण को चक्कर मा फसेको बारेमा तथ्य केलाउँदा यस्तो भिडियो बन्यो
(१५ घण्टामा ४ लाख भ्यु कटेको हुनाले - यो मेरो च्यानलमा अहिले सम्मको सबै भन्दा छिटो र धेरै हेरिएको भिडियो बन्यो)

स्क्रिप्ट को केहि भाग तल छ

https://www.youtube.com/watch?v=Mc-aBK2lR2A

गायक रामकृष्ण ढकाल लाजिम्पाटस्थित र्‍याडिसन होटल पछाडिपट्टि बस्थे । उनलाई बंगलो खालको घर लिने रहर भयो । अनि ललितपुरको हात्तीगौंडास्थित कोलोनीमा सरे । एक त अलि टाढा, त्यसमाथि अलि ठूलो घर । डेढ/दुई वर्षमै उनको रहर पुग्यो ।
कोलोनीको घर भाडामा दिएर हामी कतै भाडामा बस्ने परिवारमा सल्लाह भयो । घरबाट महिनाको करिब ५०/६० हजार रुपैयाँ भाडा आउने अनुमान थियो । कतै फ्ल्याट लिएर बस्दा आधा रकम पर्याप्त हुने अनि करिब आधा रकम जोगिने उनको हिसाब थियो । रामकृष्ण घरको रेखदेखका लागि त्यहाँ नजिकै बस्न चाहन्थे । तर आफन्त र नातेदार नजिक हुने भएकाले भैंसेपाटीतिर फ्ल्याट खोज्न थाले ।
ललितपुर पुल्चोकमा मुख्य कार्यालय रहेको श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका एक जना सञ्चालकसँग रामकृष्णको चिनजान थियो । सहकारीका कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीले उनलाई ‘ज्वाइँ साप’ भनी नाता लगाउने गर्थे । सुरेन्द्रले उनको निवासमा आएर ‘भैंसेपाटीमा घर छ, यो हाम्रो हो’ भनेर भाडामा बस्न अफर गरे । रामकृष्णको परिवार करिब ६ महिना त्यही घरमा भाडामा बस्यो ।

एक दिन सुरेन्द्र घर मिलाइदिने प्रस्ताव लिएर रामकृष्णकहाँ पुगे । उनी रेकर्डिङका लागि बारम्बार मुम्बई जाने आउने गरिरहेका थिए । श्रीमती नीलमले गएर घर हेरिन् । उनलाई ठीकै लागेछ । लालीगुराँसकै भण्डारीले लोन मिलाइदिने भए । ९ आनामा बनेको साढे दुई तले घर लालीगुराँसको १ करोड ८० लाख रुपैयाँ लोनसहित २०६६ फागुन ४ गते नीलमका नाममा पास भयो ।
गायक ढकालले कान्तिपुरलाई सुनाए, ‘मसँग करिब २५/३० लाख रुपैयाँ थियो । हामी मिलाइदिन्छौं भनेर उहाँ (भण्डारी) ले भन्नुभयो । मैले १ करोड ८० लाख रुपैयाँ त्यहाँबाट लिएँ । घरको मूल्य करिब २ करोड २५ लाख रुपैयाँ थियो । पास, मर्मत सम्भारमा अलिअलि खर्च भयो ।’

घर लिएपछि रामकृष्णले ऋण तिर्न थाले । करिब १७ प्रतिशत ब्याज र अन्य खर्च गर्दा मासिक करिब ३ लाख रुपैयाँ बुझाउनुपर्ने भयो । रामकृष्णलाई ऋण तिर्न हम्मे पर्न थाल्यो । ऋण र त्यसको ब्याज नतिर्दासम्म घरजग्गा फुकुवा हुँदैनथ्यो । जिल्ला अदालतको अभिलेखमा २०६८ वैशाख २९ गतेसम्म उनले ३० लाख २४ हजार बुझाएको देखिन्छ । रामकृष्ण भन्छन्, ‘दुई वर्षमा मैले ब्याजसमेत गरेर करिब ४८ लाख रुपैयाँ तिरेको छु ।’

उनले कुनै ग्राहक खोजेर घरजग्गा बेच्ने र सहकारीमा तिर्ने अनि बाँकी ऋण बैंकमा सार्ने योजना बनाए । सहकारीको १७ प्रतिशतको तुलनामा बैंकको ब्याज सस्तो हुन्थ्यो । उनकै भनाइमा जरिवाना अनि ब्याजको स्याज तिर्दा ३६ प्रतिशत हुन लागेको थियो । ..
Read Full Discussion Thread for this article