Posted by: AnandNepal December 25, 2019
यस्तो बाध्यता - रामकृष्ण ढकालको डिभोर्सको ?
Login in to Rate this Post:     1       ?         Liked by
रामकृष्ण ढकालको डिभोर्स, साँच्चै भएको हो र ?

धेरैलाई आश्चर्यचकित बनाउने खवर थियो - गायक रामकृष्ण ढकाल र उनकी श्रीमती निलम शाहबीचको सम्बन्ध विच्छेद। ढकालको डिभोर्सको समाचार बैशाख जेठमा जंगलमा आगो फैलिएको झैं फैलिरहेको बेला रामकृष्ण ढकालले आँफ्नो फेसबुक मार्फत लेखे - No matter what others say our bond never dies❤️❤️❤️ .. उनको भनाइको नेपालिमा अर्थ हुन्छ - "अरुले जेसुकै भने पनि हामी बिचको बन्धन कहिल्यै सकिने छैन ❤️❤️❤️।"

यो भनाइले - के ढकालको डिभोर्स भएको कुरा झुठो त होइन ? भन्ने प्रश्न जन्मायो । समाचारमा आएको भनाइ र ढकालको यो भनाइको आशय ठ्याक्कै बिपरित दिशामा लक्षित देखिन्छ।

तर, डिभोर्सको कानुनि प्रक्रिया पुरा भएको कुरा शत प्रतिशत साँचो हो । यसको सम्पुर्ण बिवरण सहितको कागज नै प्राप्त भएको छ - तेसैले डिभोर्स भएको कुरामा कुनै शंका नै छैन । अनि ढकालले डिभोर्स भएको कुरा इन्कार पनि गरेका छैनन - उनले त सिर्फ सम्बन्धको कुरा मात्रै गरेका छन । अहिलेको अहं प्रश्न छ - आखिर यो जोडीले किन सहमतिमै बैबाहिक सम्बन्ध तोड्न पुग्यो त?

खासमा गायक रामकृष्ण ढकालको वैवाहिक जीवनमा समस्या भएको जस्तो भने देखिंदैन थ्यो - सञ्चार माध्यममा बारम्बार दिएका अन्तरवार्तामा उनीहरुको माया-प्रेम देखिन्थ्यो । केहि पत्रकारहरुले ढकाललाइ सम्बन्ध् बिच्छेदको समाचारको बारेमा प्रश्न गरेका थिए तर, त्यस समाचारलाइ उनले ‘झूटो हो । हामीबीच त्यस्तो केही भएको छैन । हामी सँगै छौं ।’ भनेको भन्दै अनलाइन खवरले लेखेको छ ।

डिभोर्स पेपर र ढकालको कुरा एकै ठाउँमा राखेर बिष्लेषण गर्दा, कागजि प्रक्रिया र निर्णय जे सुकै भए पनि उनिहरु बिचको सम्बन्ध सकिएको छैन । तर, सम्बन्ध नै सकिएको छैन भने - अदालतमा गएर सम्बन्ध बिच्छेद गर्नुको के मतलव हुन सक्छ त ?

https://www.youtube.com/watch?v=22ugsFuJP4Q

डिभोर्सको समाचार सुन्ने बित्तिकै बनाएको भिडियो यो हो :
https://www.youtube.com/watch?v=Y-tBtqhfagA

कारण के हो ..
Read Full Discussion Thread for this article