Posted by: _ December 11, 2019
के गरि रा छन् त SLC topper हरु ?
Login in to Rate this Post:     0       ?        
सलाम साप!

केहि बिमति र हल्का गन्थन राख्न चाहें:

०. एक दुइटा competitive exams झुक्किएर top गरेपनि एस एल सी टपर चाहिं हैन है म. भ्रम नहोस। 

१. गूगल र copy paste को भर मा भाका PHD होल्डेर बिहार तिर होलान, यता त undergrad project पनि कपि पेस्ट गरेर पास हुँदैन। Plagiarism मा परेर चिप्लिन्छ

२. allrounder भनेको के? सस्तो junk food खाएर फुटबल जस्तो फुलेको भुँडी allrounder भन्ने कि नभन्ने? अझ घरि यो गर्यो, घरि अर्को गर्यो गर्दै जीवन चलेकोलाई अल्राऊण्डर भन्ने?

३. पढेर मात्र नहुने चाहिं हो रहेछ। आफैसित आइ एस्सी कामचलाउ पास गरेको मन्दबुद्धिलेले बिहारको नम्बर देखाएर शिक्षा मन्त्रालयको जांचबाट MBBS छात्रवृत्तिको त पड्कायो पड्कायो, अहिले अमेरिकामा डाक्टरी गर्दै छ। मैले राम्ररी चिनेको त्यो एउटा हो, तर अरु धेरै छन्। नेपालमा नक्कली डाक्टरलाइ कारबाही भए पनि यता कसले सक्ने?

४. आइ एस्सी पछि नक्कली सर्टिफिकेटले scholarship चिप्लाएपछि फेरी इण्डियन एम्बेस्सीको स्कलरशिप पाएको फोन आयो. मेहनत गरेर पढ्नेलाई लाइफ गिभ्स सेकेण्ड चान्स भनेको यही हो.

५, तर, एम्बसीको फोनपछि काठमाडौ आइपुग्दा त्यो सिट नेताको सन्तानले चिप्लाएपछि जिन्दगीमा पढेर खाइन्न्न जस्तो लागेको थियो, तर अझै पढियो। माओबादीले त्यो बेला बुद्धि भुटेर जंगल लगिदेको भए अहिले मन्त्रि नभए साम्सद पक्का भैन्थ्यो होला।

- आठ क्लास देखि ट्रेनिङ्ग गरेपनि ठ्याक्कै दश क्लासमा आँखा कमजोर भएर ब्रिटिस लाहुरे भिड्न नपाको अर्को 'अल-राऊण्डर'
Last edited: 11-Dec-19 12:49 PM
Read Full Discussion Thread for this article