Posted by: AnandNepal December 9, 2019
मिस नेपालले वाई वाई बाँड्दै
Login in to Rate this Post:     1       ?         Liked by
https://www.youtube.com/watch?v=HDH8fBOWQc4

हेड टु हेड च्यालेन्जको दोश्रो राउण्डमा मिस नेपाल अनुष्का श्रेष्ठको प्रतिस्पर्धा हुँदै छ मिस इण्डोनेशिया प्रिंसेस मेगानोण्डोसंग हुँदै छ । यसै सन्धर्वमा हेड टु हेड च्यालेन्जको समुह ९ कि बिजेता मिस इण्डोनेशिया को हुन भन्ने चर्चा ।

मिस इण्डोनेशिया यस्ति भाग्यमानि सुन्दरि हुन जसले सानै देखि लण्डन जान चहान्थिन् - भाग्यले उनलाइ मिस इण्डोनेशिया बनाएर देशकै प्रतिनिधत्व गर्दै लण्डन भ्रमण गर्ने अवसर जुराएको छ। यो अवसरलाइ मिस इण्डोनेशिया एउटा पिकनिक भन्छिन जसमा संसारभरका सबै मानिसहरु जम्मा भएका छन । सबैमा फरकफरक ब्यक्तित्व छन, सबैमा आँ-आँफ्नै मौलिकता छन । यसलाइ उनि अनौठो, अचम्मै पार्ने घटना बताउँछिन ।

मिस इण्डोनेशियाले आँफ्नो बिउटि विथ अ पर्पोज को बारेमा दिने प्रस्तुतिको आधारमा नै उनले जित्ने वा नजित्ने निर्णय हुने छ - उनको प्रोजेक्ट बालबालिका र महिलाको बारेमा छ ।
उनले एक गाउँका साना साना बालबालिका हरु सामान बेचिरहेको थाह पाइन । ति किसानका छोरा छोरिहरुले घरको आर्थिक बोझ उठाएको देख्दा उनको मन रोयो। कमाउन पनि उनिहरुले जम्मा २ डलर भन्दा पनि कम कमाउँदा रहेछन। उनको उद्धेश ति बालबालिकालाइ उनिहरुको बालककाल दिनु रहेको छ ।

मिस इण्डोनेशियाको बिउटि विथ अ पर्पोज र मिस नेपालको बिउटि विथ अ पर्पोज उस्तै उस्तै भए पनि मिस नेपालको प्रोजेक्ट अति नै बिशाल र दिर्घकालिन छ । मिस इण्डोनेशियाले बालबालिकाको आर्थिक स्तर बढाउन सहयोग गर्ने अल्पकालिन उपाय गर्ने बताएकि छिन भने मिस नेपाललए गाउँकै आर्थिकस्तर उकासेर गाउँकै बिकास गर्ने, र दिगो रुपमा नै सामाजिक रुपांतरण गर्ने कार्य गरिरहेकि छिन ।

मिस नेपालको प्रोजेक्ट उच्च स्तरको छ, तर सन २०१८ मा श्रृंखलाको प्रोजेक्ट पनि उनकि प्रतिद्वन्दिको भन्दा उच्च स्तरको थियो । तर त्यहि कुरा श्रृंखलाले बयान गर्नमा भने चुकिन। मलाइ डर छ अनुष्काले पनि श्रृंखलाकै गल्ति दोहोर्याउने सम्भावना अति नै धेरै छ । किनकि अनुष्काले हेडटु हेड प्रोजेक्टमा प्रस्तुत गरेको उनको परिचय भिडियोमा ठुला ठुला कुरा गरेकि छिन - आँफ्नो परिचय नै दिएकि छैनन, आँफ्नो घर, परिवार समाज, उनले समाजमा दिने योगदान जस्ता मुख्य मुख्य कुराको बारेमा केहि पनि बोलेकि छैनन -
Read Full Discussion Thread for this article