Posted by: AnandNepal December 1, 2019
मिस नेपालले वाई वाई बाँड्दै
Login in to Rate this Post:     1       ?         Liked by
It's time to vote ...
नेपालिहरु भोट गर्न त सँधै अगाडि थिए .. आज चैं पछि भएछन

.. जे होस -- हतार हतार नेपालिमा उल्था गरेको छु -- नमिलेमा रिप्लाइ ठोक्दिम है !

मिस वर्ल्डको हेडटु हेड च्यालेन्ज मा मिस नेपालको अन्तरवर्ता प्रकाशित भएको छ। उक्त अन्तरवार्तालाइ हेरेर दिइएको भोटकै आधारमा मिस नेपाल अनुष्का दोश्रो राउण्डमा प्रवेश गर्ने नगर्ने निर्धारण हुन्छ । मिस वर्ल्ड प्रतियोगिताकै को सबै भन्दा पपुलर बिधा हो किनकि अघिल्लो बर्ष सन् २०१८ मा हेड टु हेड च्यालेन्ज भिडियोले मात्रै १ बिलियन भ्यु पाएको थियो भनेर मिस वर्ल्ड ले भन्छ ।

यो बर्ष हेड टु हेड च्यालेन्ज बर्तमान मिस वर्ल्डा भेनेसा पोन्सले नै संचालन गरिरहेकि छिन। अघिल्लो बर्ष हेड टु हेड च्यालेन्ज र मिस वर्ल्ड नै जितेकि भेनेसालाइ थाह के प्रश्न गर्ने र कस्तो उत्तर ले जित्न सक्छ भन्नेमा फर्ष्ट ह्याण्ड अनुभव छ।

ल अब नेपाललाइ भेट्ने समय भयो भन्दै भेनेसाले मिस नेपालको परिचयात्कम भिडियो प्रस्तुत गर्छिन । यो त्यहि भिडियो हो जुन अघि भाइरल भएको थियो - ५ दिनमा नै मिलियन भ्यु कटिसकेको थियो - त्यसबाट मुख्य मुख्य र राम्रा राम्रा कुराहरु लिएर यसलाइ अझ छोटो र मिठो बनाइएको छ। भिडियो हेरेपछि प्रभावित भएकि भेनेसाले भन्छिन - मिस नेपाल्, यो भिडियोमा भएका दृष्यहरु अति नै सुन्दर छन ।
यसको जवाफमा मिस नेपाला भन्छिन - "धेरै धेरै धन्यवाद। यो भिडियो लिंदा देशका बिभिन्न भागको अन्बेषण गर्दा मैले म आँफै भित्र पनि अन्बेषण गरें। खासमा मैले पछाडि देशका अति आकर्शक दृष्य हरु देखाएर आँफ्नै कथा बताएकि हुँ । अझ भिजिट नेपाल २०२० को शुरुवात हुँदै गर्दा म र मेरो एउटा सानो टिमले धेरै स्थान भ्रमण गरेको थियो । त्यसको यो परिणामले मलाइ गौरवान्वित बनाएको छ। हामिले ५ दिनमै १० लाख भ्यु कटेका थियौं।"
अनुष्काको भनाइलाइ काट्दै भेनेसाले भन्छिन "त्यहि त म भन्दै थिएँ। तिम्रो अति ठुलो फलोइन्ग छ। कति धेरै भ्यु रे फेरि एक पटक।"
भेनेसा नेपालिहरुको यस्तो चाखले अचम्मित हुँदै भन्छिन -

यहि मौकालाइ छोपेर मिस नेपालले एउटा अति नै महत्वपुर्ण कुरा गरेकि छीन - नेपाल सानो देश हो। बिश्व परिवेशमा यसको कुनै महत्व छैन भन्ने सोच्ने हरुको लागि उनले एक राम्रो जवाफ दिएकि छिन ।
अनुष्का भन्छिन - "म अति नै खुशि छु हामिले गरेको दुख मानिसहरुले मन पराइदिए । तपाइले भनेको जस्तो हाम्रो फलोइन्ग भब्य छ । आकारको हिसावले नेपाल सानो देश भए पनि हाम्रा नेपालिहरु देश बिदेश सबै तिर फैलिएका छन । मलाइ एकदमै खुशि लागेको छ नेपालमा बस्ने नेपालि मात्रै नभएर बिश्व भर फैलिएका नेपालिहरुले अर्को एक नेपालि, मलाइ सपोर्ट गरिरहेका छन। यसले म अति नै कृतज्ञ भएकि छु । "

भेनेसा भन्छिन - "देश नै उर्लिएर सपोर्ट गर्दा अति नै खुशि लाग्छ होला होइन ? "
अनुष्का भन्छिन - हो
अब, तिम्रो बिउटि विथ अ पर्पोज के हो । जज यसरी प्रभावित भइन नै भोट गरौं

अनुष्का भन्छिन् - "मेरो बिउटि विथ अ पर्पोज चाँहि क्षमता बिकास संग सम्बन्धित छ । हामि एउटा सानो र बिकट गाउँमा एक पाइलट प्रोजेक्टमा काम गरिरहेका छौं । १४० घर धुरि भएको गाउँमा प्रतेक घरमा हामिले आमा र उनका बच्चाहरुमा केन्द्रित भएर शिक्षाको पहुँच पुय्रान प्रयास गरिर्हएका छौं । स्कलरशिप दिने, शिक्षक थप्ने, शिक्षण सामाग्रि, शिक्षकलाइ तालिम दिने काम गरिरहेका छौ>ण् । तर हामिलाइ के पनि थाह छ भने यो सहयोग दिगो र दिर्घकालिन रुपमा दिइरहन सम्भव हुँदैन । तेसैले हामिले बच्चाहरुका बाउ आमालाइ नै आय आर्जन गर्न सक्षम बनाएर ति सबै काम आँफै गर्न सक्ने मोडल तयार गरेका छौँ । हामिले उनिहरुमा क्षमता बिकास गरेर उनिहरुले उत्पादन गरेको बस्तुहरुको लागि बजार पनि खोजिरहेका छौँ । जस्तो कि कार्पेट बुन्ने, इटा बनाउने लगायतका क्षमता बिकास गरेर अन्तमा उनिहरु आँफैले आँफ्नो बालबच्चाको शिक्षामा आँफै लगानि गर्न सक्ने बनाउन सकुन।

भेनेसा भन्छिन - "भनेपछि तिमिले उनिहरुलाइ माछा कसरि मार्ने भनेर सिकाउँदै छ्यौ।"
हो ठ्याक्कै त्स्तै
"मेरो बिचारमा यो अति नै सुन्दर कुरा हो, नेपाल "

https://www.youtube.com/watch?v=f1jCxz2Y_14


अनि हिजोको भिडियो

https://www.youtube.com/watch?v=qisYyfy38KU
Read Full Discussion Thread for this article