Posted by: ktmpost November 26, 2019
नेपाली होमसिक भन्न खोजेको तर होमलेस भन्दा अर्थ को अनर्थ
Login in to Rate this Post:     0       ?        


प्रियंका र रेखाको दृष्टान्त
बोल्दा जिभ्रो चिप्लेर ट्रोलको शिकार हुनुको पीडा सायद नायिका प्रियंका कार्कीलाई जति कसलाई थाहा होला र ? उनले तीन वर्ष अगाडि एउटा अन्तरवार्तामा बोलेको संवाद अहिले पनि हाँसोको विषय बन्ने गरेको छ ।

भर्खरै अमेरिकाबाट फर्केको बेला प्रियंकाले एक यूट्यूव च्यानललाई अन्तरवार्ता दिएकी थिइन् । उनलाई सोधिएको थियो– अमेरिका तपाईंको कतिऔं पटक हो ?’ यो प्रश्नमा उनले उत्साहित हुँदै जवाफ दिएकी छिन्, ‘अमेरिका मेरो फस्र्ट टाइम हो । यूके यूएस त धेरै पटक पुगिसकेँ । तर पढाई सकेर नेपाल फर्किएपछि म पहिलोपटक अमेरिका आएकी हुँ ।’

धेरै वर्ष अमेरिका बसेकी प्रियंकाले यूएस र अमेरिका एकै हो भनेर नबुझेकी पक्कै होइनन् । तर, ऐन मौकामा जिभ्रो चिप्लिनु उनको दुर्भाग्य भएको छ ।उनै प्रियंकाले केही समयअघि अर्को एउटा अन्तरवार्तामा अझै ठूलो गल्ति गरेकी छन् । आफ्ना प्रेमी आयूष्मान देशराजसँगै दिएको अन्तरवार्तामा उनको मुखबाट अञ्जानमा छाडा शब्द निस्केको थियो ।

एक प्रश्नको जवाफमा उनले भन्न चाहेकी थिएन्, ‘जोजोले हाम्रो सम्वन्ध टिक्दैन भन्नुभएको छ, उहाँहरुको पनि त्यस्तै अनुभव भएर होला ।’ तर, बोल्दा उनले ‘टिक्दैन’ को ठाउँमा अनर्थ बोल्न पुगिन् ।

त्यसो त केही समय अगाडि नायिका रेखा थापाले अन्तरवार्तामा हँसाएकी थिइन् । अमेरिका जाँदा उनले एक अन्तरवार्तामा भनेकी थिइन्, ‘अमेरिकामा रहेका नेपालीहरु एकदमै होमलेस भएको मैले पाएँ ।’ खासमा उनले ‘होम सिक’ भन्न खोजेकी थिइन् ।

सेलिब्रिटीहरु कहिलेकाहीँ अन्तरवार्तामा स–साना कुरामा चिप्लिँदा ट्रोलको शिकार हुनुपर्छ । जस्तो कि अहिलेकी हटकेक मोडल अञ्जली अधिकारी एउटा अन्तरवार्तालाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेकी छिन् ।

एउटा यूट्यूव च्यानललाई दिएको अन्तरवार्तामा अञ्जलीलाई उनको ‘रिलेसनसिप स्टाटस’ बारे सोधिएको थियो । तर, जवाफमा अञ्जलीले ‘फेसबुक स्टाटस’को कुरा गर्न थालिन् ।

‘मेरो स्टाटसमा प्राय गीतहरु नै हुन्छन्, आफूले खेलेका भिडियोका क्लीप्सहरु पनि राख्छु,’ उनले दिएको यही जवाफको क्लीप फेसबुक ग्रुपहरुमा सेयर भइरहेको छ । र, अंग्रेजी नजानेको भनेर धेरैले उनलाई खिसी गरेका छन् । यसमा अञ्जलीको प्रतिक्रिया भने आएको छैन ।

यसैबीच, नायिका तथा निर्मात्री दीपशीखा खड्का अञ्जलीको बचाउमा उभिएकी छन् । उनले सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरुमाथि आपत्ति जनाउँदै स्टाटस लेखेकी छन् । अंग्रेजी नेपालीको मातृभाषा नभएको उल्लेख गर्दै उनले लेखेकी छन्, ‘आफ्नो मातृभाषा नजानेको भए पो लाज, अरुका भाषा नजान्दा केको लाज ?’

उनले यूट्यूवरलाई पनि  दनक दिएकी छन् । दिपशीखाले लेखेकी छन्, ‘एउटा यूट्यूवरले एउटा कलाकारको इन्टरभ्यू लिन्छ । अरे लाईभ त होइन नि यार । असुद्ध कुराहरु नराखे पनि हुन्छ नि । त्यसैलाई हाइलाइट गर्छन् । अरे अर्काको इज्जत फुकेर आफ्नो चुलो कि बाल्नु के ? किन ?’

https://www.onlinekhabar.com/2019/11/814490

Read Full Discussion Thread for this article