Posted by: AnandNepal November 25, 2019
पारस फुटपाथमा, जोगिहरु संग मस्ति गर्दै; हिमानी छोरालाइ लिएर समाज सेवा गर्दै, रक्तदान गर्दै
Login in to Rate this Post:     1       ?         Liked by
पुर्व राजपरिवार जनता बिच (यो तल एट्याच गरेको भिडियोको स्क्रिप्ट हो)

आजकल बिभिन्न बहानामा पुर्व राजपरिवार जनताहरु बिच गइरहेको छ, समाचारमा आइरहेको छ। यसै बिच पूर्वयुवराज्ञी हिमानी शाह छोरा हृदेयन्द्रलाइ लिएर समाजसेवा कार्यमा सक्रियता देखाएकि छिन । उनले यहि शनिबार राजधानीको सिद्धेश्वर माध्यामिक विद्यालयमा पुगेर त्यहाँका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेकि हुन ।

हिमानिको साथमा छोरा हृदेयन्द्र का साथ साथै पूर्व राजकुमारी प्रेरणा शाहसहित राजपरिवारका अन्य सदस्यहरु पनि स्कुलमा पुगेर शैक्षिक सामग्री वितरण गरेका थिए ।

सो कार्यक्रममा नेपालि मुलकि बलिउड अभिनेत्रि मनिषा कोइराला पनि उपस्थित भएकि थिइन । लायन्स ब्लब अफ काठमाडौँ युनिट र हिमानी कोषको संयुक्त आयोजनामा गरिएको सो कार्यक्रममा शैक्षिक सामग्री वितरण गर्नुको साथै रक्तदान र स्वास्थ्य परीक्षण शिवीर पनि संचालन गरिएको थियो । हिमानि यसरि सामाजिक कार्यमा सक्रिय हुँदा उनका पति पुर्व युवराज पारस भने पोखरामा जनसाधारणहरु संग घुलमिल भइरहेका छन।

राजतन्त्रको अन्त्यपछि हिमानिको सक्रियतामा स्थापना गरिएको हिमानी कोष त्यस पश्चात बिभिन्न सामाजिक कार्यहरुमा सक्रिय रहँदै आएको छ । हिमानिले आँफ्नो सामाजिक अभियानमा बिगतमा आँफ्ना छोरिहरु पुर्णिका र कृतिकालाइ सहभागि गराउने गरेकि थिइन भने आजकल उनले छोरा हृदयन्द्रलाइ पनि सक्रिय गराउन थालेकि छिन । पुर्वराजा ज्ञानेन्द्र र पुर्वरानि कोमल यो कोषको संरक्षक हुन ।

यसै बिच पुर्वराजा ज्ञानेन्द्र शाह केहि दिनमा भैरहवा जाने खवर पनि आएको छ । निजी भ्रमणको सिलसिलामा केही दिनका लागि भैरहवा जान लागेको बताइए पनि थप जानकारि दिइएको छैन। भारतले नेपालको भुभागा आँफ्नो भन्दै एक नक्सा प्रकाशित गरे पछि देशमा भएको बिरोधको स्वर हरु बिच पुर्व राजपरिवारको सक्रियतालाइ अर्थपुर्ण रुपमा हेरिएको छ ।

पुर्वराजाको भ्रमण अनि, हिमानिको सामाजिक कार्यले राजकाज गुमेका राजपरिवारमा सहानुभुति मिल्नुको साथ साथै दिन दुखि र सहयोगको आबश्यकता भएका मानिसहरुको आबश्यकता पनि पुर्ति भएको छ। पुर्वराजपरिवारमा पुर्वयुवराज र पुर्वयुवराज्ञिले आँ-आँफ्नो तरिकाले जनताहरु बिच घुलमिल हुनुलाइ तपाइले के भन्नुहुन्छ कृपया कमेन्टमा भनिदिनुहोला

https://www.youtube.com/watch?v=q8me3QQr7ZI
Last edited: 25-Nov-19 08:27 PM
Read Full Discussion Thread for this article