Posted by: AnandNepal November 8, 2019
ल हेर्नुस, भारतले कालापानी र लिपुलेक खाइसक्यो, सरकार चुपचाप
Login in to Rate this Post:     1       ?         Liked by
I think, It's never too late ... @logan

* अपडेट (विथ स्क्रिप्ट & भिडियो) *
भारतले सिमा मिचेकोमा नेपाल सरकारको अहिलेसम्मकै सबै भन्दा कडा प्रतिक्रिया

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरा आदि क्षेत्र समेटेर नक्सा प्रकाशित गरेको बारेमा छलफल गर्न एक बृहत सर्वपक्षीय बैठक बोलाएका छन्। भारतले नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा लगाएतका केही भूभाग आफ्नोतर्फ पारेको छ।

भारतले सिमा नमिचेको दावि गर्दै गर्दा प्रधानमन्त्री भारतको कदमप्रति मौन रहेको भन्दै आलोचना भइरहेका बेला उनले सर्वपक्षीय बैठक बोलाएका हुन्। उनले नेकपाकै केही नेताहरुले सुझाव दिए अनुसार सर्वपक्षीय बैठक बोलाएको बताइएको छ ।

यसअघि परराष्ट्र मन्त्रालयले विज्ञप्ति प्रकाशित गर्दै कालापानी क्षेत्र आफ्नो भएको दावी गरेको थियो भने सरकारका प्रबक्ता गोकुल बास्कोटाले पनि नेपालि भुमि नछोडिने बताएका थिए ।

यसै बिच सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियुले भारतीय राजदूतावास अगाडि प्रदर्शन गरेको छ। शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म १ घण्टा विद्यार्थीहरुले लैनचौरस्थित भारतीय दूतावास धर्ना दिनुका साथै प्रदर्शन गरेका थिए। धर्नामा रहेका विद्यार्थीहरुले ‘गो ब्याक इन्डिया’, ‘लिपुलेक र कालापानी हाम्रै हो’, ‘नेपालको भूमि मिच्न दिँदैनौँ’, ‘भारतीय विस्तारबाद मूर्दावाद’ जस्ता नारा लगाएका थिए।

तेस्तै अनेरास्ववियुले भारतले सीमा मिचेको विषयमा आइतबार पराराष्ट्रमन्त्रीलाई ध्यानाकर्षण गराउने र संयुक्त राष्ट्रसंघको नेपालस्थित कार्यालयमा निवेदन दिने कार्यक्रम पनि सार्वजनिक गरेको छ।

तेस्तै शुक्रबार बिहान नै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंधले पनि दूतावास अगाडि विरोध प्रदर्शन गरेको थियो।

https://www.youtube.com/watch?v=uksnrV5iATs
Read Full Discussion Thread for this article