Posted by: AnandNepal November 7, 2019
ल हेर्नुस, भारतले कालापानी र लिपुलेक खाइसक्यो, सरकार चुपचाप
Login in to Rate this Post:     1       ?         Liked by
भारतले मिचेकै छैन भन्छ (भिडियो को स्क्रिप्ट)

भारतले - नेपालको सीमा नमिचेको दावि - भारतको बिरोध गर्नेलाइ रोक लगाउन माग।

नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले भारतको नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरेको दाबी गरेका छन। सो पत्रकार सम्मेलनका एक जना पत्रकारले भारतको नयाँ राजनीतिक नक्साबारे नेपालमा व्यक्त भइरहेको आक्रोश र प्रदर्शनबारे भारतको धारणा मागेका थिए।

भारतका प्रवक्ता रविशकुमारले भने- हाम्रो नयाँ नक्साले एकदमै ठीक तरिकाले भारतको सार्वभौम भूमि समेटेको छ। नयाँ नक्साले नेपालसँगको हाम्रो सीमा परिवर्तन गरेको छैन। दुई पक्षीय संयन्त्रबाट नेपालसँगको सीमा निर्धारण पक्रिया चलिरहेको छ। हामी वार्ताबाट दुई पक्षीय मैत्रीपूर्ण सम्बन्धको मर्मअनुसार समस्या समाधान गर्न तयार रहेको प्रतिवद्धता दोहोर्‍याउन चाहन्छौं। उनले थपे ‘यसै साथ हामी यो पनि भन्न चाहन्छौं कि दुबै पक्षले निहित स्वार्थलाई रोक्नुपर्छ। केही तत्वहरू छन् जसले दुई देशबीच मतभिन्नता सिर्जना गर्न प्रयास गरिरहेका छन्।’ बिरोधीलाई

यसअघि नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कालापानी नेपाली भूमि भएको उल्लेख गर्दै भारतको एकपक्षीय निर्णय मान्य नहुने बताएको थियो।

भारतले नेपाली भूमि हडपेको भन्दै उक्त नक्साको नेपालमा जनस्तरमा चर्को विरोध भइरहेको सडकमा प्रदर्शन भै रहेको छ। यस सन्धर्वमा नेपाल सरकारका प्रबक्ता गोकुल बास्कोटाले सो भुमि नेपालकै भएको प्रष्ट भएको भन्दै यसरि प्रमाण पेश गरे।

त्यस अघि गोकुल बास्कोटाले भनेका थिए :

तेस्तै सत्ताधारि पार्टिका एक अद्यक्ष पुस्पकमल दहाल प्रचण्डले पनि कालापनि नेपालकै भएको दावि गर्दै भनेका थिए :

अहिले भारतको भनाइलाइ आधार बनाउँदा भारतले नेपालि नेपालि बिच फुट ल्याएर नेपालि भुमि हड्प्न खोजेको बिष्लेषण केहि जानकारहरुले गरेका छन :

यसै बिच भारतको बिरोधको नाममा तोडफोड गर्ने अनि अराजकता फैलाउन पनि मानिसहरु लागिपरेका छन । रातोपाटिमा प्रकाशित समाचार अनुसार बिहीबार बिहान ११ बजे कुपण्डोलस्थित पाटन संयुक्त क्याम्पसबाट नेपालको राष्ट्रिय झण्डा बोकेर एक हुल लामो कपाल, कम्ब्याट ड्रेस लगाएका एक आक्रोशित युवाको नेतृत्वमा निस्किएको उक्त जुलुसमा कलेज ड्रेस लगाएका करिब एक दर्जन विद्यार्थी पनि सामेल भएर निस्केका थिए । ‘लिपुलेक हाम्रो हो’, ‘लिपुलेक फिर्ता गर’ जस्ता नारा लगाउँदै कुपन्डोल–पुल्चोक सडक खण्डमा सरकारी सवारी साधन तोडफोड गरेका थिए।

उहिहरुलाइ प्रहरीले तत्कालै स्थिति नियन्त्रणमा लिएको प्रहरिले बताएको छ। भारतले नेपालि नेपालि बिच फुट ल्याउन खोजेको दावि गर्नु र यहा तोडफोड हुनुमा पक्कै पनि सम्बन्ध हुनु पर्छ भन्नेमा आशंका गर्न सकिन्छ ।

https://www.youtube.com/watch?v=1dAgpvjvBAA
Read Full Discussion Thread for this article