Posted by: AnandNepal October 23, 2019
कन्निका छुटे पछि सोनिका संग पारस?
Login in to Rate this Post:     0       ?        
पारसको बानीले छोराछोरी पनि टाढिए कि छोरा छोरिलाइ टाढा बनाइयो ?

असोज २४ (शुक्रवार) - पोखरा टेम्पल ट्रि रुम ६८ Check-in
असोज २५ - होटलमा नै बिताएको
असोज २६ - त्रिसरा लाउन्ज
असोज २७ - डुंगा रेस्ट्रो एण्ड लाउन्ज
कार्तिक १ सम्म होटल बुक


एक अनलाइन पत्रिका खवरहबले "पारसको बानीले आजित बनेपछि छोराछोरी पनि टाढिए…!
" शिर्शकको समाचार प्रकाशित गरेको छ। त्यस्मा पारस शाहको आनीबानीले उनका परिवारका सदस्यहरु आजित बनेको बताइएको छ ।

लेखिए अनुसार - "पारस पत्नी हिमानी शाह र छोराछोरीहरुको छवि लोकप्रिय बनिरहेका बेला पारसको उदण्ड स्वभावले उनीहरुलाई पनि असर गर्ने हो कि भन्ने चिन्तामा पूर्व राजपरिवार रहेको छ।"

त्यहि समयमा अर्को तिर पारसले भने ‘मलाई राजा बन्नु छैन" भनिरहेका छन । पोखरामा मोटरसाइकलमा यात्रा गरिरहेको र सर्वसाधारणसंग घुलमिल गरिरहेका पारसले "मोटरसाइकलमा हिँड्दा के को लाज ?" भन्दै गरेका मिडिया रिपोर्ट आइरहेका छन । तेस्तै उनले, ‘म राजा बन्दिनँ, अब साधु बन्छु’भन्दै जोगी जीवन बिताइ र्हएको दाबी पनि गरिरहेका छन् ।

पहिला भन्दा अहिले

सर्वसाधारण नेपालिको लागि त पारसमा आएको यस्तो चेतले राम्रो प्रभाव पारिरहेको छ। उनि शालिन हुन लागेको हो कि भन्ने आशा जागेको छ - तर, यहि ब्यबहारलाइ पुर्व राज परिवार्ले भने उनको "उदण्ड" शैली" माने छ । पुर्वराजकुमारले जोगि बन्छु भन्नुलाइ सहज रुपमा नलिइएको सो समाचारमा उल्लेख गरिएको छ । पुर्वराजपरिवारको बारेमा खवर हबले स्रोतले बताएको भन्दै भनिएको छ "उनीहरु आजित बनेका हुन् । उनीहरु चिन्तित पनि त्यत्तिकै छन् । सन्ततिहरुले पारसको यस किसिमको पाठ नसिकुन् भनेर छोराछोरीलाई अलग राखिएको छ।"

यसरि पुर्वराजपरिवरलाइ पारसको विगतले भन्दा वर्तमानले झन पिरोलेको रहेछ । उनि सप्रिएको नभएर झन बर्बादीतिर पो धकिलिन थाले भन्दै भन्दै उनका परिवारका सदस्यहरुलाई पारसबाट झन टाढिन थालेका रहेछन । पारसलाइ झन झन एक्ल्याइएको रहेछ। लामो समय थाइल्याण्ड गएर बसेका पारसले त्यहाँको कानुन उलंघन गरेको हुनाले अहिले उनि थाइल्याण्ड जान पनि पाउँदैनन। थाइल्याण्डमा हुँदा पारस एक थाइ युवति कन्निकासंग बस्ने गर्दथे । उनि ४ बर्ष अघि नेपाल फर्केपछि उनको थाइ प्रेमिकासंगको सम्बन्ध पनि टुटेको छ ।

पछिल्लो पटक पारसको सोनिका रोकायासँग बढेको हिमचिमलाइ पनि राजावादिहरुले मन पराएका छैनन । अझ पारस त राजावादि भन्ने कुरै नभएको दावि गर्छन । उनले राजसंस्थाप्रति सहानुभूतिराख्नेहरुको पनि साथ छोडेको धेरैको बिष्लेषण छ । पारसको यस्तो हर्कतले पूर्व राजाप्रतिको जनसमर्थनमा कमि धक्का पुग्ने हो कि भनेर चिन्ता जनाइएको छ ।

यस अघि पारसबाट उनका दुइ छोरिहरुलाइ टाढा राख्न भनेर थाइल्याण्ड लगिएको थियो । अहिले नयाँ खवर अनुसार पारसबाट उनका छोरा हृदयन्द्रबाट पनि टाढा राखिएको छ। पारस पत्नि हिमानिले आँफुलाइ पारससंग अलग राखेर समाजसेवामा सक्रियता देखाइ रहेकि छिन । उनले छोरा हृदयन्द्रलाई साथमा लिएर परोपकारी काम सिकाइरहेकी छिन् । तेस्तै छोरी पूर्णिका शाह र कृर्तिका शाह पनि परोपकारी काममा लगाइ रहेकि छिन् ।

पारसको जीवनशैली र व्यवहारबारे आँफ्नै परिवारमा आलोचना भइरहेको भए पनि पारसलाइ भने यो बारेमा कुनै चासो छैन । उनि त्यस्ता कुराले आफूलाई कुनै प्रभाव नपर्ने बताइ रहेका छन । खवरहवसंग कुरा गर्दै पारस्ले भनेका थिए ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु । लुकाउन के जरुरी छ र !’

यसै बिच पारस संगको सम्बन्ध को बारेमा सोनिका रोकायले शुक्रवार शाप्ताहिकसंग कुरा गर्दै भनेकि छिन - उनि पारससंग नजिक भएको साँचो हो तर अफेयर चाँहि होइन।

पोखरा डेटिंग्मा गएको भन्ने हल्लाको बारेमा सोनिका भन्छिन उनि पोखरा दिदि भिनाजुकोमा गएको पारस छुट्टै पोखरा गएको त त्यहिं भेट भएको भन्छिन । उनि एक अर्कालाइ खुबै आदर गर्ने भन्दै भनिन्छिन यसकारण बढेको विषयलाई लिएर यस्तो हर्कद गर्न नहुने राजाबादीहरु बताउँछन् । राजसंस्थाप्रति सहानुभूति राख्नेहरुले पनि पारसको उदण्डताले पूर्व राजाप्रति बढ्दो समर्थनमा धक्का पुग्नेतर्फ सचेत गराएका छन् ।
पूर्व राजपरिवारमा पारसलाई हृदयन्द्रबाट टाढा राखिएको छ । पारसको बानीकै कारण लामो समयदेखि पत्नी हिमानी पनि टाढा छिन् । हिमानी समाजसेवामा सक्रिय छिन् । उनको समाजमा लोकप्रियता बढ्दो छ । हिमानीले छोरा हृदयन्द्रलाई साथमा लिएर परोपकारी काम सिकाइरहेकी छिन् । छोरी पूर्णिका शाह र किर्तिका शाह पनि परोपकारी काममा लागिरहेका छन् ।

आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको पारसले बताएका छन् । ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु’ खबरहबसँगको कुराकानीमा पारसले भने,‘म साधुको जस्तो जीवनशैली बिताउँछु ।’

निर्मल निवासमा पारस शाहलाई प्रवेश निषेध रहेको विषयसमेत चर्चामा रहेको बेला पारसले आफू निर्मल निवासमा नभई छुट्टै अपार्टमेन्टमा बसिरहेको स्वीकार गरे । उनले भने,‘धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ।’

पूर्व युवराजको जीवनशैली र व्यवहारबारे आलोचना भइरहेको बेला पारसले भने आफूलाई त्यस्ता कुराले कुनै प्रभाव नपर्ने बताए । ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु’ पारसले भने,‘लुकाउन के जरुरी छ र !’

https://www.youtube.com/watch?v=a_XhI78FT_Q
Read Full Discussion Thread for this article