Posted by: golan October 18, 2019
सोनीका, जसले उषा खड्गी र जिपी तिमल्सेना को divorce गरायींन
Login in to Rate this Post:     0       ?        

टेलिभिजनले जुराएको जोडी
यो जोडी टेलिभिजन कार्यक्रमले जुराएको थियो । उषा मिस नेपाल बन्नुअघि नै दुवै जना प्रेममा मग्न थिए । दुवैको भेट एक टेलिभिजन कार्यक्रमको सिलसिलामा भएको थियो । दुवै जना एउटै टेलिभिजन कार्यक्रमको सञ्चालक थिए ।

२०५४ तिर जिपी नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘म्युजिक प्लस’मा आफूसँग बोल्ने अर्को भिजेको खोजीमा रहेका बेला उषासँग भेट भएको थियो । त्यसपछि सँगै कार्यक्रम गर्दै जाँदा दुवैको मनमा प्रेम अंकुरायो ।
सन् २००० मा भएको मिस नेपाल प्रतियोगितामा उषा सहभागी भइन् र टाइटल समेत जितिन् । मिस नेपालको उपाधि जितेको दुई वर्षमै २०५९ मा विवाह गरेका थिए ।
Read Full Discussion Thread for this article