Posted by: logan October 17, 2019
पाटन अस्पातल बाट छुटेको
Login in to Rate this Post:     0       ?        
कट्टु ब्रो को कथा निस्किन थाले पछी हस्तमैथुनकारहरु साझा बाट सन्यास लिए झै गरे पछी साझाले मुख धुएको हो कि जस्तो हुन पुगेको छ | बौद्दिकताको चोरि गरे भनी  हुटिट्याउले सागर थाम्न खोज्ने हरु बर्खामा उम्रिएका च्याउ झै साझामा छ्यास छ्यस्ती उम्रिए | अहिले युट्युब तास्नेको होडबाजी चलेको छ | हामी नेपाली नक्कल गर्न सिपालु छौ अनी गरी हाले पनि अलिक सफलता पाएका, सज्जन र भद्र आदिको गरे पनि ठिकै हुन्थ्यो | एउटा गुलेले नक्कल गर्न पुगेछ " Logan" को "Golan" बनाउन पुगेछ | भात्मारले तेतिमात्र हो र त्यो फोटो पनि उही मात्र नभएर, छाटकाट नगरि हुबहु फोटो तास्न पुगेछ | जाठोले के देख्यो त्यो नाम र फोटोमा, लेखाइ हेरेर नक्कल गरेको भनौ भने कुनै बिशेष लेख न कुनै युत्युब नै तासेको छ | तेस्ले अबस्य पनि पाटन (राची) अस्पातल बाट छुटेर ईन्टरनेट क्याफेमा काम र बास पाएको हुनु पर्छ ?

साझामा पनि सिजनल भिजिटरहरु कात्तिकमा कही नदेखिएका स्वान हरुले ()कुकुर कुकुर्नी ) सडक गल्ली कब्जा गरे झै देखिन्छ | अनी ग्रेसम को सिद्दान्त 'Bad money drives out good" यहाँ पनि लागु भएको देखिन्छ | को को आउट भए , पारीए , बिस्थापित भए , भार्याको चेपाटोमा परे, कोही बुढीको साथीको रागमै बिलाए, कोही युटुब खोज्दा खोज्दै कुम्भकर्ण निन्द्रामा पुगे, कबिता कोर्न खोज्ने हरु पाठक बिहिन भए र अस्थाए, कथाकार हरु आफ्नै बुढीलाई श्रोता बनाएर मस्त भए, गाउघरमा होच्चिएर बस्नेहरु कम्पुटर पछाडि लुकेर शिङ्नाद गर्ने हरु भिर बाट लडे कि, नयाँ लडाकु भनौ वा सिकारको खोजिमा ओझलिए ? आजभोलि साझाले अनुहार फेरे झै लाग्दै छ | यो मेरो मात्रै हो कि साझाबासी हरुको सोच पनि उस्तै हो ?

Last edited: 20-Oct-19 07:00 PM
Read Full Discussion Thread for this article