Posted by: AnandNepal October 17, 2019
कन्निका छुटे पछि सोनिका संग पारस?
Login in to Rate this Post:     0       ?        
;) @Kyser Soze


UPDATE:


पारसको भनाइ - म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन

मोडल तथा युट्युबर सोनिका रोकायासँगको सम्बन्धका कारण चर्चाका आएका पूर्वयुवराज पारस शाहलाइ खबरहब अनलाइनले सम्पर्क गरेको बताएको छ। सो अनलाइन् संग भएको संक्षिप्त कुराकानीमा पारसले आँफु स्वतन्त्र नागरिक भएको ले हरेक काम गर्न आफू स्वतन्त्र भएको बताएका छन।

तेस्तै, उनले आफू राजा हुने आशक्तिको मानिस नभएको पनि बताएका छन् । तेस्तै सोनिका रोकाया लिएर मोटरसाइकलमा हुँइकिएको भिडियो बारे गरिएको प्रश्नको जवाफमा पारसले ,‘म राजा हुँ र मोटरसाइकलमा हिँड्दा लाज मान्नुपर्ने ?’ भनेर उल्टो प्रतिप्रश्न गरेका छन । तेस्तै उनले आफू राजा हुनका लागि नजन्मिएको र राजसी ठाँटको मान्छे पनि नभएको बताएका छन।

पारसको भनाइ भन्दै खवरहब लेख्छ ‘मोटरसाइकलमा हिँड्दा स्वतन्त्र हुन्छु, त्यसैमा हिँड्छु। म साधुको जस्तो जीवनशैली बिताउँछु ।’

निर्मल निवासमा प्रबेश नदिइएको बारेमा गरिएको प्रश्नमा उनले आँफु निर्मल निवासमा नभएर छुट्टै अपार्टमेन्टमा बसिरहेको पनि बताएका छन उनले भनेका छन,‘ धन सम्पत्तिको नाममा मसँग एउटा मोटरसाइकल, गाडी र अपार्टमेन्ट मात्र रहेको छ ।’

शक्ति आशक्ति नभएको बारेमा पारसले भनेका छन,‘म राजा हुने आशक्तिको मान्छे होइन, ज्ञानी र ध्यानी हुन्छु, अध्ययनमै समय बिताउँछु ।’

पारसको जीवनशैली र व्यवहारबारे भै रहेका कुरा बारे उनि भन्छन : ‘जसले जे सुकै भनोस्, म खुला मान्छे हुँ र त्यही चाहन्छु, लुकाउन के जरुरी छ र !’

आजकल पारस पूर्वीय दर्शनको अध्ययनमा लागेका छन रे - उनि भन्छन ‘म अहिले पूर्वीय दर्शनको अध्ययनमा छु, म हिजाको जस्तो होइन, अब कुनै गल्ती हुँदैन ।’

तेस्तै पारस संगको सम्बन्धको बारेमा सोनिकाले उनि र पारस तीन महिनादेखि नजिक रहेको बताएकि छिन । सोनिकाले पारससंग उनको सम्बन्ध एक अभिभावक जस्तै भएको प्रतिक्रिया दिएकी छिन् ।

https://www.youtube.com/watch?v=i-kB6AV1pso
Read Full Discussion Thread for this article