Posted by: AnandNepal October 9, 2019
दशैंमा सेतो टिका, कि कालो टिका ?
Login in to Rate this Post:     0       ?        
** छोरीलाई ढोग्ने छोरालाई ठोक्ने किन? *** (स्क्रिप्ट पढेपछि, भिडियो हेर्नु पर्दैन)

रिप्लाइ लाइ रिप्लाइ दिउँला भनेको त मेटिइ सकेछ तेसैले यो भिडियो अपडेट गरें : खुट्टा ढोग्ने कुराको बारेमा !

#ह्याप्पि दशै, २०७६ भन्दै नेपालगंजकि मेयर उमा थापा मगर ले यो फोटो शेयर गरिन । अनौठो तरिकाले बृद्ध बाबुलाइ ढोगाएको भए पनि फोटोमा एक पिताको स्नेह देखिएको छ, एक पुत्रिको बालसुलभ प्रेम छचल्किएको छ ।

खुट्टा किन ढोगिन्छ
हाम्रो समाजमा ठुलाबडाको खुट्टा ढोग्ने चलन छ। तर, छोरिचेलिको मामलामा यो चलन उल्टो हुन्छ - बाबुआमाले छोरिको खुट्टा ढोग्छन्। छोराले बाबुआमाको खुट्टा ढोग्नु पर्ने, छोरिले नपर्ने चलन ले छोरा छोरि बराबर भन्ने भनाइलाइ खिल्लि उडाएको छ भेदभाव गरेको छ।

हाम्रो समाजमा
- पत्नीले पतिको खुट्टा ढोग्छन ।
- छोराले बाबुआमाको खुट्टा ढोग्छन् भने बाबुआमाले छोरीको खुट्टा ढोग्छन् ।
- भाइले दाजुको खुट्टा ढोग्दछन् ।
- दाजुभाइले दिदीबहिनीको खुट्टा ढोग्दछन् ।
- दिदीले बहिनीको खुट्टा ढोग्छिन् ।
- ससुराले ज्वाइँ र छोरीको खुट्टा ढोग्छन् ।
- शिष्यले गुरूको खुट्टा ढोग्दछन् ।
- कनिष्ठ कलाकारले वरिष्ठ कलाकारको खुट्टा ढोग्छन

- बुहारिले क-कस्को खुट्टा ढोग्नु पर्छ भन्नेमा समुदाय समुदायमा बिभिन्न मान्यताहरु छन। यो ढोग्ने र ढोगाउने कुरामा कुनै एक निश्चित मापदण्ड नभएको हुनाले ठुला बडाले जे जे भने त्यसै अनुसार संस्कार र चलन बस्दै जान्छ।

ऋषि धमला पत्नि एलिजा गौतमले तिजको बेलामा पतिको खुट्टाको पानि खाएको भिडियो शेयर गरिन - त्यसको बारेमा ठुलै हंगामा भयो । पुर्व पत्रकार र अहिलेका राजनितिज्ञ रविन्द्र मिश्रले श्रीमतीलाइ खुट्टा ढोगाउने होइन उनि आँफैले श्रिमतिको खुट्टा ढोग्छु भन्छन। उनि श्रीमतीको खुट्टा ढोग्ने चलन नै ठीक होइन, श्रीमान्-श्रीमतीका बीचमा त बराबरको सम्बन्ध हुनुपर्छ, कसैले पनि कसैको खुट्टा ढोग्नु नपर्ने स्थिति हुनुपर्छ" भन्छन ।

https://www.youtube.com/watch?v=iJtGAjT1oJM
Read Full Discussion Thread for this article