Posted by: AnandNepal October 7, 2019
दशैंमा सेतो टिका, कि कालो टिका ?
Login in to Rate this Post:     0       ?        
सेतो टिकाको कुरा यस्तो रहेछ
(कालो र रातोको बारेमा खोज्दैछु/लेख्दैछु - ***यो आगामि भिडियोको स्क्रिप्ट हो***)

आदिवासी जनजातिको बाक्लो वस्ती रहेका पोखरा, पर्वत, म्याग्दी, बाग्लुङ, गोरखा, लमजुङ अनि पूर्वका केहि जिल्लामा दशैंको बेलामा निधारमा सेतो टिका र पहेलो जमरा लगाएर द्शैं मनाएको देखन पाइन्छ । दहिमा चामल घोलेर टिका बनाउंदा सेतो टिका बन्छ। आदिवासी जनजातिहरुले हरेक शुभ कार्य गर्दा दहिमा चामल मुछेर सेतो टिका लगाउने चलन छ । त्यही चलनको निरंतरता उनीहरुले दसैंमा पनि दहिमा मुछेकै सेतो टिका लगाउने गरेको धेरैले बिश्वास गर्छन। आदिवासी जनजातिहरुका धेरै शुभकार्यक्रमा सेतो टिका नै लगाउनैपर्छ, रातो टिका चल्दैन।

केही वर्ष पहिले मगरहरुले दशैंलाई आफ्नो पर्व नभएको भन्दै बहिष्कार पनि गरेका थिए । तर, इतिहास हेर्दा मगरहरुले धेरै अघि देखि दसैं मान्दै आएका छन् । खासमा गोरखा मनकामनाका मगर पुजारीले दशैंको टिका हनुमानढोकामा नपठाएसम्म सर्वसाधारणका लागि टिका नै खुल्दैन । तेसैले दशैंमा पर्व मनाउनुमा मगर जनजातिको ठुलो भुमिका रहेको छ ।

https://www.youtube.com/watch?v=bxLZhrM6O0I
Read Full Discussion Thread for this article