Posted by: ktmpost October 6, 2019
पूर्व सभामुख कृष्णबहादुर महरा पक्राउ, प्रहरी परीसर सिंहदरवार लगिदै
Login in to Rate this Post:     0       ?        

गोरखापत्र अनलाइन

2019-10-06-2346

काठमाडौं असोज १९ गते । पूर्व सभामुख तथा सासंद कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाइ प्रहरी परीसर सिंहदरवा लगिएकाे छ 
उहाँलाई पक्राउ गर्न डीएसपीको कमाण्ड एक टोली खटिएको थियो । सो कुरा महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख उतम सुवेदीले जानकारी गराउनुभयो ।

महरालाइ सभामुख निवास बालुवाटारमा प्रहरीले केही समय अघि नै नियन्त्रणमा लिएकाे भए पनि सडकमा सवारी भएकाे र कानुनी प्रक्रिया पूरा गर्न केही समय लागेकाे थियाे । उहाँलार्इ साँभ ६ः१५ बजे तिर निवासबाट बाहिर लगिएकाे थियाे । 

पक्राउ गर्नु अघि सभामुखकाे सरकारी निवासमा अघि ठूलाे संख्यामा प्रहरी परिचाल गरिए थियाे । प्रहरीले उहाँलार्इ नियन्त्रणामा लिए पनि कहाँ राख्ने भन्ने विषय तथा केही अन्य कानुनी प्रक्रिया पूरा गर्न केही समय लागेकाे प्रहरी स्राेतले बतायाे  । उहाँलाइ उहाँले नै प्रयाेग गर्ने राताे कारमा राखेर प्रहरीले बाहिर लगेकाे थियाे  । 

https://gorkhapatraonline.com/national/2019-10-06-2346?fbclid=IwAR28_e6cxBvZI5QvNIdxghZkvn8g-KWwOgG-r-vUt17wAXSDX5yrncv-o_k

Read Full Discussion Thread for this article