Posted by: AnandNepal September 20, 2019
कन्निका छुटे पछि सोनिका संग पारस?
Login in to Rate this Post:     0       ?        
पारसको बाघ आचरण

केहि समय अघि विमानस्थलमा पुर्व युवराज पारसले प्रहरीले उनका छोरा र भान्जालाई चेकजाँच गर्न खोज्दा प्रहरिमाथि दुव्र्यवहारको बारेमा खुवै चर्चा भएको थियो । उनले छोरा हृदयन्द्रको अनुहारमा प्रहरीको डण्डा देखेपछि होश गुमाएको भन्दै समाजिक संजालमार्फत बताए पनि।

यसै सन्धर्वमा एक चर्चित मोडल सोनिका रोकाया पारसलाइ ‘बाघ’ भन्दै पारसको अंगालोमा रहेको एक फोटो सार्वजनिक गरिन । सोनिकाले फेसबुकमा लेखेकी थिइन, ‘बाघ जहिले नि बाघ नै हुन्छ, जहाँ पनि गर्जने क्षमता राख्छ। बिरालो सम्झेर बाघलाई जिस्क्याउने चेष्टा नगरे हुन्छ।’

सोनिका रोकायाले लेखेको कुरा भन्दा पनि उनले शेयर गरेको फोटोको कारणले सोनिका र पारसको चर्चा हुन थालेको छ। त्यसको केहि समय अघि सोनिकाले दरवारमार्गमा खोलेको एक रेष्टुरेन्टमा पारस एक पुगेका थिए। त्यसपछि यि दुइ नजिकिएको देखिन्छ। पारस रेस्टुरेन्ट जाँदा सोनिकाले सारिमा सजिएर उनको स्वागत गरेकि थिइन।

त्यसपछि उनले शेयर गरेको फोटोमा उनि अर्कै पहिरनमा देखिएकि छिन भने सोनिका पारसको अंगालोमा मुस्कुराइरहेकि छिन ।

बेलाबेलामा बिभिन्न बिवादमा आइरहने पारस यस अघि एक थाइ युवतिको प्रेममा थिए। उनि ४ बर्ष अघि सन २०१५ मा नेपाल फर्केदेखि उनका पिता ज्ञानेन्द्रले घर आउन दिएका छैनन। उनको श्रिमति हिमानिसंग सम्बन्ध सुध्रन पनि सकेको छैन। केहि दिन अघि मात्रै उनि बसन्तपुर क्षेत्रका मठमन्दिरको पूजाका क्रममा उनि नशामा झुमिरहेको देखिएको थियो ।

बसन्तपुरको कुमारी, काल भैरवलगायतका मन्दिरमा हुने विशेष कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्यान्डमा रहेको कारणले पारसलाइ बोलाइएको थियो । उनि नशामा आए पनि उनले कुमारी, काल भैरव मन्दिरमा पुजाआजा भने गरेका थिए।

पारसको आचरणको बारेमा कमेन्ट गर्नुहोला। धन्यवाद ।

(यो स्क्रिप्ट निम्न भिडियो बनाउनको लागि लेखिएको हो। :)

https://www.youtube.com/watch?v=3KesaGBeNfU
Read Full Discussion Thread for this article