Posted by: Samrat Singh Karki September 18, 2019
अम्रिका आउदा के के नल्याउने ?
Login in to Rate this Post:     1       ?         Liked by
अब चाड बाड मुखैमै आयो, दशैं मनाउना यता आउने र मनाईसके पछि आउने को लर्को हुन्छ, अरु परिस्थिति मा भन्दा चाड पर्ब मा हामीले ल्याउने समान अलि फरक हुन्छन, जस्तै केहि खानाका परिकार, अचार, तिहार पछि सेल dry meat आदि आदि,

केहि कुरा मा ध्यान दिएन भने POE एरपोर्ट मा ज्यादै दुख पाइने रैछ, सेल रोटि ले नि येस्पली clearance पाएन, life मा कहिले सेल ल्याको त थिएन येस्पली बिसेष परिस्थिति ले ३ ४ टुक्रा सेल ल्याको, दिएन,
अचम्म त मैले निमेयित ल्याई राखेको "रायो को ब्यु " "काक्रो को ब्यु " सबै रोक्यो. येस्मा चै declaration गरिनस भनेर जरिवाना लगायो, यो स्याउ, सुन्तला , सुकुटी फलफुल आदि ल्याउनु हुन्न भन्ने चै था थियो तर packed seed रोकेको येस्पली मात्र हो,

मलाई सबभन्दा ठुलो तनाब चै के भयो भने त्यो समान ल्याउने म आफै होइन मैले चिनेको मान्छे अलि पाको उमेर को, first time visitor retired gov officer , छोरा बुहारी भेट्न दशैं मनाउना आउनु भा , केहि ल्याउनु पर्छ भनेर सोध्नु भो, मैले नि धेरै दुख नदीम भनेर ३०० ग्राम जतिको "ब्यु" मागको तेसैए वहालाई ३ घण्टा एरपोर्ट मा तनाब दिएछ, सेल चै मेरो हैन,

सार कुरा के हो भन्दा खेरि सके सम्म खाने कुरा, घु , ब्यु, बेर्ना, फलफुल, केहि पनि नल्याऊ, ल्याउनु परे नि deceleration गरौ, अझ बुडा बुढी मात्र आउने हो भने एस्त कुरा पुरै निषेध गरौ, एरपोर्ट को तनाब कस्तो हुन्छ बुझी हाल्नु भा छ, तपाईका आफन्त अरु कोइ को साथ लागेर आउनु भा छ भने पनि एस्तो सामान नपठाउ, बेकार मा अरु लाई तनाब हुन्छ, लहरो तान्दा पहरो जाने समस्या हुन्छ immigration मा

अर्काको सामान बोक्दा बिशेष ध्यान दिम ( भोगेको कुरो )
Read Full Discussion Thread for this article