Posted by: ktmpost September 13, 2019
अमेरिकामा एक नेपाली युवक आफ्नै ओछ्यानमा मृत भेटिए
Login in to Rate this Post:     0       ?        

अमेरिका, सेप्टेम्वर १२ । अमेरिकाको बाल्टिमोरमा एक नेपाली युवक आफ्नै ओछ्यानमा मृत भेटिएका छन् । काठमाडौ बालाजु स्थायी घर भएका ३७ वर्षीया कपिल पौडेल बाल्टिमोरको ओइगमिल्समा बस्दै आएका थिए ।

 

पारिवारिक सदस्यका अनुसार बुधवार विहान कामबाट घर फर्किएका पौडेल दिउँसो ओछ्यानमा नै मृत भेटिका हुन् । साथिहरूले प्रहरीलाई खवर गरे पछि पोष्टमार्टमका लागि लगिएको थियो । पौडेललाई ह्रदयघात भएको आशंका गरिएको छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ ।

 

कृष्णचन्द्र पौडेल र शर्मिला पौडेलका कान्छा छोरा कपिल सज्जन प्रकृतिका र कम बोल्ने स्वभावका थिए । झण्डै एक दशक देखि अमेरिका बस्दै आएका कपिलले नौ महिना अगाडि मात्र नेपाल गएर विवाह गरेका थिए । उनकी धर्मपत्नी निशा अमेरिका आउने तयारीमा थिइन । कपिलका दुई दाजुहरू छन् ।


http://www.durbinnepal.com/archives/46573

Read Full Discussion Thread for this article