Posted by: Aman Adhikary September 11, 2019
अंग्रेजी नजानेर रातो पिरो भा छु
Login in to Rate this Post:     1       ?         Liked by

तपाई को अनुभब कस्तो रह्यो कुनी यो अम्रिकाने को देशमा आएर अंग्रेजी नाबुजेर धेरै चोटी रातो पिरो भा छु / हुन त अमेरिका आउने मेरो कुनै बिशेष योगेत्ता भाको होइन , गामघर मै सरकारी स्कुला पढियो 8 लाई (अईट ) भन्न सिकाए गुरु बा ले,
फ्याट्ट लागेर DV मुर्दा परिगो, छोरो झोला भिडेर अम्रिका छिरिगो, यो अम्रिका मा जति बसेनि मेरो गाम्ले पारा कैले गएन
यो अंग्रजी नबुजेर साझा मा नि धेरै गाली खा छु, अब त मेरो ब्रान्ड नै साझा मा "घन्टे" भा छ | मुर्दाहरु मैले केहि पोस्ट गर्यो कि "ऊ घन्टे बौलायो " भंचन| रत्नपार्क मा मुकुन्दे साझामा म| २ ३ दिन साझा मा बोल्न छोड्यो, कोइ दुवै बाट " घन्टे ले येस्पली दरो छापेको छ ४० घण्टा नोन स्टप " भनेर लेक्चन | कोइ नेपाल बाट "घन्टे लाई TPS खुब फापेको छ, अब एसले नेपाल मा तला थप्ने भयो भंचन, बज्याहरु तिमि हरुले जस्तो बोर्डिंगमा पढ्न पाको भए हाम्रो नि अंग्रजी फुरुरु हुन्थियो

अस्ति कुनै एउटा पोस्टआ कमेन्ट गरेको एउटा बजियाले " ur comments are sexiest bro " भनेरो लेख्यो. अब मैले बुजेको sexiest अर्थ hot hotter hottest जस्तो sexy sexier sexiest वूजे, मेरो पारो तात्यो..अब आफु ले ऐले सम्म कतै कसैले sexy भनेर सार्बजनिक रुप मा बोलेको सुनेको थिएन, जम्मा सुनेको भनेको रेडियो मा " sexy sexy sexy मुजे लोग बोले , hi sexy , hello sexy कियु बोले " भन्ने गाना मात्र थियो/ अर्को मन ले चै ओह्हो म जस्तो भुडी प्वाक्क बाहिर आको, गाम तिर बाट भखर झरेको मान्छे को लेखाई नि sexy हुदो रैछ, मान्छे ले खुब मन परौदा रैचन जस्तो लाग्यो, त्यो मरा को कमेन्ट ले म येति फुर्के कि , आफु लाई sexiest देखौन साझा मा पुराना पुराना यौन मा threads हरु लाई तानेर तेस्मा आफ्ना comments लेख्न थाले.

येसो पछि पो था भो " ur comments are sexiest " भनेको मेरो comments सबै भन्दा कामुक भनेको हैन रैछ, यो भनेको त मेरो कमेन्ट लैंगिक विभेद ले भरिएको भनेको पो रैछ, मुर्दा ले येति कुरा नेपाली मा लेखेको भए मेरो येसरी सार्बजनिक चीर हरण त हुने थिएन, मलाई येति बुज्न ५ दिन लाग्यो , यो वूजे पछि मेरो मुख त रातो पिरो भयो , साझा बाट राजिनामा दिएर घण्टा हान्ने तिर केन्द्रित हुने सोच ले २ ३ दिन साझा मा हाजिर गरिन, फेरी येसो सोचे ओह्हो..म येसोरी आफु लाई औदैन भनेर BACK हुने भए त मेरो प्रगति कैले हुदैन बरु जे जस्तो औच इंग्लिश मै दिन्छु "practice makes man perfece " भनेर जे जे औच दि रा छु, आफु लाई कसैले चिन्ने हैन जे लेखे नि भयो हैन त?

मेरो फेरी किरा परेको बानी कस्तो छ भने घर मा १०० ओटा इंग्लिश channel होलान, आफु लाई त्यो ऋषि धमला को शो नै मन पर्छ, दाम्नाको सबै शो हेरेको छु, मेरो अंग्रेजी बिगार्ने त्यो मुर्दा नि हो , तातो न छारो को Youtoube नेपाली channel हेरेर दिन जान्छ , कैले काई दिक्क लाग्छ मेरो दिन भरि को काम धोति को gas स्टेशन मा गएर घण्टा हान्यो " भाई जी कि हाल है " भन्यो रति आयो youtoube हेर्यो , सुत्यो अनि फेरी repeat

खै म कसोरी सुध्रिने, कसोरी अरुले बोलेको अंग्रेजी बुज्ने अनि कैले अरुको जस्तो अन्ग्रेजो फरर्र बोल्ने , भोलि छोरो संग बोल्न सकिन्न होला भनेर ऐले डर लौच

मलाई गाली , सुजाब केहि भए कृपया सभ्य भाषा मा गरिदिनु होला, यो पोस्ट महिला साथी हरु ले नि हेर्नु हुन्छ , मेरा त कति fan हुनुहुन्छ "inbox " मा talk हुन्छ, तपाई ले नराम्रो बोल्दा वुहा हरु लाई कमेन्ट गर्ने बाताबरण बन्दैन , छाडा बोलेर जात जनाउनु भयो भने तपाई को कमेन्ट तेइतहोनी "DELETE"

Read Full Discussion Thread for this article