Posted by: Hem Narayan Chhantyal September 4, 2019
सवारी दुर्घटनामा परि अमेरिकाको मिजुरीमा ३ नेपालीको मृत्यु
Login in to Rate this Post:     0       ?        
मंगलबार अमेरिकाको मिजुरी राज्यमा भएको सवारी दुर्घटनामा परि तीन नेपालीको मृत्यु भएको छ।
स्थानीय जोप्लिन प्रहरीका अनुसार मृत्यु हुनेमा श्रद्धा खनाल ओझा, उनका बुबा गोविन्द खनाल र आमा शान्ता खनाल छन्।

घटनामा श्रद्धाका पति प्रभास ओझा र उनीहरूकी ४ वर्षिय छोरी घाइते भएका छन्। प्रभासको अवस्था स्थिर छ भने बालिका अवस्था चिन्ताजनक छ।

मिजुरी २४९ को अन्तरराज्य राजमार्ग ४४ पूर्व जाने क्रममा ट्राफिक बत्तीमा रोकिएको उनीहरू सवार टोयोटा आरएभी ४ लाई पछाडिबाट सोही दिशामा गइरहेको टोयोटाको पिकअप ट्रकले ठक्कर दिएको थियो ।

दुर्घटना हुँदा श्रद्धा र प्रभाश अगाडी सिटमा थिए, बाँकी ३ जना पछाडिको सिटमा रहेको स्थानिय जोप्लिन प्रहरीले जनाएको छ।
गोविन्दलाई घटनास्थलमा, तथा श्रद्धा र आमा शान्तालाई अस्पताल मृत घोषित गरिएको थियो। ओझाको परिवार स्थानीय ब्ल्यु स्प्रिङ्समा बस्दै आएको छ।

Read Full Discussion Thread for this article