Posted by: Hem Narayan Chhantyal September 4, 2019
tps लिनेको परिवार लाई visa कडाई महावाणिज्यदूतावासमा सरुवा कार्कीलाई दिएन अमेरिकाले भिसा
Login in to Rate this Post:     0       ?        
न्युयोर्कको नेपाली महावाणिज्यदूतावासमा वाणिज्यदूतका रुपमा सरुवा भएका जितबहादुर कार्कीलाई अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गरेको खुलासा भएको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका स्वकिय सचिव रहेका शाखा अधिकृत जितबहादुर कार्कीलाई अमेरिकी दूतावासले भिसा नदिएको जनाइएको छ ।

कार्कीलाई कुटनितिक राहदानीमा समेत भिषा दिन अस्विकार गरेपछि न्युयोर्कको महावाणिज्यदूतावासमा वाणिज्यदूतको पद झण्डै दुईमहिनादेखि रिक्त रहेको छ । यसअगाडि उक्त पदमा शाखा अधिकृत कृसु क्षेत्री कार्यरत रहेका थिए ।
कार्की नासु हुंदा वासिङटनस्थित नेपाली दूतावासमा कार्यरत रहेका थिए । कार्कीका परिवारका सदस्यले टिपिएसमा आवेदन दिएका कारण उनको भिषा अस्विकृत भएको दुताबासले जनाएको छ / Advance Parole लिएर नेपाल आएका उनका पारिबारिक सदस्य  समेत अमेरिका प्रवेश बाट बन्चित भएका छन्

अमेरिकाको भिसा नपाएपछि कार्कीले अमेरिका बाहेक अरु देशमा जानको लागी पहल गरिरहेको जनाइएको छ । हाल कार्की परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका स्वकिय सचिव रहेका छन् ।
Last edited: 04-Sep-19 11:27 PM
Read Full Discussion Thread for this article