Shareकाठमाडौं । त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६०.."/>
Posted by: ktmpost July 10, 2019
हिलोमाथि रेड कार्पेटमा हिंड्न सक्ने बाहदुर नेपली प्र.म.
Login in to Rate this Post:     0       ?        
हिलोमाथिको ‘रेड कार्पेट’ मा प्रधानमन्त्री

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले बुधबार आफ्नो ६० औं वार्षिक उत्सव मनाएको छ । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति एवं शिक्षामन्त्री गिरिराजमणि पोखरेल लगायतको उपस्थितिमा कार्यक्रम भयो । प्रधानमन्त्रीले उपकुलपति कार्यालय भवन र मन्दिरको उदघाटन गरे ।

कार्यक्रम स्थलबाट उदघाटनको सन्देश लेखिएको शिलापत्र भएको ठाउँसम्म पुग्ने बाटो भने हिलाम्य थियो । त्यसमाथि नै रातो कार्पेट विछ्याएको दृश्यले भने विश्वविद्यालयमा रहेको भद्रगोललाई प्रष्ट पारेको थियो ।

यो पनि
बँदेलको पेटमा यस्तो एउटा चिज भेटाए जसले बनायो उनलाई एक झड्कामा करोडपति

चीनको जु कन्ट्री नजिकैको एक गाउँका किसान एक झट्कामा करोडपति बनेका छन् । यी किसानले एक जंगली बँदेलको शिकार गरेका थिए । उनले यसलाई काट्दा बँदेलको पेटबाट एउटा ढुंगाजस्तो चीज निस्कियो ।

यो विचित्रको चीजलाई उनले संभालेर राखे ।एक दिन उनी त्यो चीजलाई लिएर सांघाइ गएका थिए । त्यतिबेला उनलाई थाहा भयो यो त संसारकै बहुमूल्य चीजमध्येको एक हो ।

सांघाइका विशेषज्ञ बो चुनलुका अनुसार यो चीजको मूल्य साढे चार लाख पाउण्ड पर्छ । यो रकम नेपाली रुपैयाँमा झण्डै साढे ६ करोडजति हुन आउँछ । यो थाहा पाउँदा ती किसानलाई आफू पलभरमै करोडपति बनेको विश्वासै भएन । चुनलुका अनुसार यो बेजोर हो ।

चुनलुले यो बेजोरलाई लिलामी गर्ने सोचाइ बनाएका छन् ।विशेषज्ञहरुका अनुसार बेजोर बँदेलसहित अन्य केही जनावरको पेटभित्र बन्छ । यो चीचबाट धेरै प्रकारका औषधीहरु र कैयौं विषको उपचार गर्न प्रयोग गरिने इन्जेक्सन बनाइन्छ । निकै दुर्लभ भएका कारण यसको मूल्य निकै बढी हुन्छ ।


http://www.chhuchchinanishow.com/?p=5849
Read Full Discussion Thread for this article