Posted by: Christian Bishal July 7, 2019
देश
Login in to Rate this Post:     0       ?        
देश भन्नु नै माटो रै ' छ
पीडा भन्नु नै फाटो रै ' छ

जति चलायो उति दुख्ने
हत्या हिंसाकै खाटो रै ' छ

बुद्धको भूमि भन्थ्यौ हामी
अशान्ति फुल्ने पाटो रै ' छ

आफ्नै छातीमा खुकुरी रोप्ने
वीर नेपाली लाटो रै ' छ
Read Full Discussion Thread for this article